यस बर्षको फागुपर्व तथा नयाँ बर्ष घरमानै बसेर मनाउन प्रशासनको आग्रह

चैत १४,चितवन ।
जिल्ला प्रशासन कार्यलय चितवनले यस बर्षको फागुपुर्णिमा अर्थात होलि तथा नयाँ बर्ष घरमानै बसेर मनाउन आग्रह गरेको छ । प्रशासन कार्यलयले आज एक सुचना जारी गर्दै मेला महोत्सब ,नया बर्ष जस्ता चाड्पर्वहरुमा भिड्भाड नगर्न र नगराउन आग्रह गरेको हो । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गईरहदा नेपालमा पनि बढ्न सक्ने सम्भावना रहेकोले सभा, जुलुस, भेला, गोष्ठी, सेमिनार, बैठकलगायतका भिडभाड हुने कार्यक्रममा प्रशासनले रोक लगाएको हो ।

जारी सूचनामा जिल्लामा कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस वर्षको फागुपर्व घरमै बसी परिवारका साथ मनाउन अनुरोध गरिनुका साथै भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन तथा नियमित रुपमा हात धुन र सेनिटाइजर प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ।
सुचनामा जिल्लाका सबै पालिकाहरुलाई स्वस्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएका निर्देशनहरु पालना गराउनका लागि सचेतनामुलक कर्यक्रम गराउन अनुरोध गरिने कुरा उल्लेख गरिएको छ ।  

जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ७ पुगेको छ भने संक्रमणका कारण १ सय १० जनाको मृत्यु भएको छ ।