दलित पत्रकारको उपस्थिती आरक्षित कोटामा मात्र नभइ खुल्लामा पनि सुनिश्चित गराउन राष्ट्रिय दलित पत्रकार सङ्घको माग

चैत १३,चितवन।
नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनमा दलित समुदायका पत्रकारहरुको उपस्थिती आरक्षित कोटामा मात्र नभइ खुल्लामा पनि सुनिश्चित गराउन राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल,जिल्ला कार्य समिती चितवनले माग गरेको छ।
यहि चैत २५ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा जिल्लामा आरक्षित कोटाको सदस्य चयनमा राजनितिक भागबन्डा नगरी सदस्य छनौटका लागि दलित संघ लाईनै अधिकार दिइनु पर्नेमाग गरेका हुन ।
दलित पत्रकार सङ्घले आज तीन बुदे माग सहित नेपाल पत्रकार महासङ्घ चितवन लाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सङ्घका अध्यक्ष अमिर रामदामद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा आगामी नेतृत्व सहमती र सहकार्य मार्फतनै चयन गर्नका लागि पहल कदमिको पनि माग गरिएको छ।