जन पत्रकार संगठन चितवन प्रकाश सिग्देलको नेतृत्वमा निर्वाचनमा जाने

चैत्र १०/जन पत्रकार संगठन चितवनले आगामी महासंघको निर्वाचनमा प्रकाश सिग्देलको नेतृत्वमा पत्रकार महासंघमा जाने निर्णय गरेको छ । संगठनका अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा पत्रकार महासंघ चितवनको हलमा बसेको बैठकले प्रकाश सिग्देलको नेतृत्वमा राष्ट्रवादी शक्तिहरुसंग सहकार्य गरेर जाने निर्णय गरेको हो । नेकपा चितवका ईन्चार्ज प्रयास र जनस्वास्थ्य कर्मी महासंघका महासचिव डा प्रकाश चन्दको बिशेष आतिथ्यतामा बसेको बैठकले बर्तमान अध्यक्ष होमनाथ न्यौपानेलाई महासंघ केन्द्रिय सदस्यमा उमेदवार बनाउने, प्रकाश आचार्यलाई बैकल्पिक उमेदवार उठाउने निर्णय गरेको छ।
त्यस्तै संगठनले सुर्य बरालको संयोजकत्वमा ११ सदस्य जिल्ला अधिबेशन आयोजक कमिटि गठन गरेको छ । त्यस्तै यहि चैत्र १७ गते ‘नेपालको रुपान्तरणका लागी बैज्ञानिक समाजबादी ब्यवस्थाको आवस्यकता” बिषयक सात्क्षत्कार कार्यक्रम पनि आयोजना गरेको छ।
बैठकमा राष्टबादी सबैखाले शंक्तिहरु संग मिलेर जाने तर राष्टघातीहरु संग कुनै पनि हालतमा सहमती र सहकार्य नगर्ने गरी संगठनका आफना कार्यक्रम र योजनाहरु अगाढी बढाउन नेकपा चितवका ईन्चार्ज प्रयासले निर्देशन दिनु भएको छ । हार सहेर नामेट हुन तयार रहने तर राष्घातीहरु संग सहकार्य गर्न तयार नहुने गरी राष्टवादी संग मिलेर जाने बिषयमा सहकार्य गर्न पनि प्रयासले निर्देशन दिनु भयो ।