एसोसियसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुर चितवनको अध्यक्षमा श्रेष्ठ

चितवन/एसोसियसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुर चितवनको चौथो वार्षिक साधारण सभाले उद्धव कृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अजय पोख्रेल,सचिवमा बिष्णु अधिकारी, सहसचिवमा आकास शर्मा, कोषाध्यक्षमा वर्षा मल्ल र सहकोषाध्यक्ष कञ्चन न्यौपाने चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा साकार लामा,दीपक खनाल, कपिल अधिकारी, दिवस पण्डित, अनिल रेग्मी चयन भएका छन् ।
निवर्तमान अध्यक्ष कृष्ण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि भरतपुर महानगरपालिका का डिभिजनल इन्जिनियर रत्नप्रसाद लामिछाने रहेका थिए ।
सभामा चितवनका बरिष्ठ इन्जिनियरहरू ईश्वरीप्रसाद कैराल, बाबुराम उपाध्याय ढकाल,भरतकुमार आचार्य,कृष्ण मल्ल ठकुरी, शिवहरि घिमिरे, दीपेन्द्र कुमार श्रेष्ठ, बलिभद्र न्यौपाने लगायतले मन्तव्य राखेका थिए।