लिटिल फ्लावर स्कुलमा नेपालमै पहिलोपटक क्याम्ब्रिज एसेसमेन्ट इंग्लिस कक्षा शुरु हुदै।

चितवन/ चितवन जिल्लाको भरतपुर महानगर वडा नं ३ स्थित नारायणघाटमा रहेको लिटिल फ्लावर स्कूलमा नेपालमै पहिलोपटक क्याम्ब्रिज एसेसमेन्ट इंग्लिस(अंँग्रेजी भाषा) कक्षा शुरु हुने भएको छ।
चितवन र आसपासका विद्यार्थीहरुलाई अन्र्तराष्ट्रिय गुणस्तरको अंग्रेजी भाषा अभ्यस्त गराउन र दक्ष बनाउने उद्धेश्यले सो भाषा कक्षा सञ्चालन गर्न लागिएको हो ।

यही फागुन २६ गतेदेखि शुरु गर्न लागिएको कक्षाका बारेमा विद्यालयले अभिभावकसंँग परामर्श र अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । पहिलो चरणमा कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरुलाई सो भाषा कक्षा शुरु गरिने स्कुलको योजना रहेको स्कुलका प्राचार्य फादर रोबीले जानकारी दिनुभयो। फादर रोबिका अनुसार अन्तराष्ट्रिय स्तरमा विद्यार्थीलाई प्रतिस्पर्धा गराउन र अंँग्रेजी भाषामा दक्ष बनाउन क्याम्ब्रीज एसेसमेन्ट इंग्लिस कक्षा शुरु गर्न लागिएको हो। क्याम्ब्रिज परीक्षा केन्द्र समेत रहेको लिटल फ्लावर स्कुलमा एवन प्री, एवन, एटु, बिवन, बीटु,सिवन, सिटु लेभलका भाषा कक्षाहरु सञ्चालन गरिनेछ। यसका लागि लेभल अनुसार फि को स्वरुप तथा ढांँचा तयार पारिएको प्राचार्य रोबिले जानकारी दिनुभयो।
लेभल र कक्षा अनुसार यो भाषा कक्षाको लागि ६८३९ रुपैयांँ देखि ७४०२ रुपैयांँ फी तोकिएको छ । ‘एउटा प्याकेज र एकपटकको कोर्षको लागि यो फि स्ट्रक्चर निर्धारण गरिएको छ ,फादर रोवीले बताउनुभयो, सोही कक्षामा अंग्रेजी पढाउने शिक्षकले अध्यापन गराउनुहुनेछ ।’ स्कुलमा भाषा प्रशिक्षण दिन लागिएको नेपालमै पहिलोपटक हो ।’यसका लागि स्कुलले शिक्षकहरुलाई दुई महिनासम्म प्रशिक्षण दिएको थियो ।
लिटिल फ्लावरमा क्याम्ब्रिजको परीक्षा केन्द्र शुरु भएपछि स्कुलले भाषा कक्षा अध्ययन अध्यापन गर्न सम्बन्धनका साथै अनुमति समेत प्राप्त गरिसकेको छ । जिल्लाको नीजि शैक्षिक संस्थाहरु मध्ये यो लिटिल फ्लावर स्कुलले उत्कृष्ट स्थान हासिल गर्दै आएको छ। विश्वका १३० वटा देशमा २८०० वटा क्याम्ब्रिज परिक्षा केन्द्र रहेका छन ।
करीब २२०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएको यस शैक्षिक संस्था ले यही शैक्षिक सत्रबाट दश जोड दुईका कक्षाहरु पनि शुरु गरिसकेको छ ।