विप्लव नेकपा र सरकार बीच तीनबुद्दे सहमति सँगै विप्लवका एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै।

  1. फाल्गुन २० काठमाडौं/सरकार र विप्लव नेकपाबीच आज तेस्रो चरणको वार्तामा तीनबुद्दे सहमति भएको छ । दुई पक्षबीच सहमति भएपछि भोलि २१ गते दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना समेत गर्ने भएका छन् ।
    राष्ट्रिय सभागृहमा भोलि दिउँसो २ बजे आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जनाएका छन् । । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन् ।
    सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत पर्नेछन् । सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दीहरुको रिहाइ गर्ने उल्लेख छ ।
    साथै विप्लव समुहका नेता कार्यकर्तामाथिको मुद्दा समेत खारेज हुने भएको छ । यसअघि विप्लव समूहले आफ्ना एक हजार बढी नेता कार्यकर्ता राज्यले नियन्त्रणमा लिएको बताउदै आएको थियो । सरकारले दुई वर्ष अघि फागुन महिनामै हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समुहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।