सरकार र विप्लव नेकपा वार्ता सम्पन्न, थप वार्ता हुँदै जाने।

फागुण १९ काठमाण्डौं । सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको बीच वार्ता आज पहिलो चरणको औपचारीक वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता टोलीहरुबीच आज बिहान भएको वार्ता थियो। वार्ता सकारात्मक दिशामा अघि बढेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।
हिजो मात्रै दुबै पक्षले दुई दुई सदस्यीय वार्ता टोलीको घोषणा गरेका थिए । सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई सहभागी थिए भने नेकपाको तर्फबाट खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा विप्लवको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। तर, पछिल्लो समय समस्याको समाधान वार्ताबाटै गर्न सकारात्मक रहेको जनाउदै आएका थिए । अर्को चरणको वार्ताको मिति र स्थान सार्वजनिक भएको छैन तर थप वार्ता हुँदै जाने वार्ता टोलीका एक सदस्यले जानकारी दिए।