नारायणगढमा साईबर क्राईम सम्बन्धी जन–चेतना मूलक कार्यक्रम सम्पन्न।

शिवराज कडेल भरतपुर चितवन
चितवन/बढ्दो सामाजिक संञ्जाल अपराध न्यूनिकरण गर्नको लागी ईनर वयल क्लब अफ नारायणीले आदिकवि भानुभक्त मा.वि. नारायणगढमा साईबर क्राईम सम्बन्धी जन–चेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सोही विद्यालयका सहायक प्र.अ. टीकाराम सापकोटा रहनुभएको थियो भने माईक्रोसफ्ट स्पेस्लीष्ट र नेशनल च्याम्पीयन २०१८, का असिम तारा पाठकले सहजीकरण गर्नुभएको थियो, प्रमुख अतिथिले यस्तो खालको कार्यक्रमले बद्ढो साईबर हिंसामा कमी आउने र तालिम लिएर व्यावहारमा उतार्न बताउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक पवित्रा अधिकारीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम समापन सभाअध्यक्ष क्लब का अध्यक्ष प्रमिला रानाभाटले गर्नुभएको थियो । उक्त कार्यक्रममा १०० भन्दा वढी विद्यार्थीहरुको सहभागीता थियो ।