सेटिङ्गमैं दैनिक सयौंको संख्यामा गाई गोरुको तस्करी, प्रहरी प्रशासन मुकर्दशक !

फोटो : नम्बर प्लेट छोपेर गाई गोरु तस्करी गर्दै पुर्ब पश्चिम राजमार्ग भरतपुर स्थित गोन्द्राङ्गको जंगलमा एक ट्रक

सुर्य बराल/चितवन/पश्चिम नेपालको कृष्णनगर र रुपन्देहीका बिभिन्न खुल्ला नाका हुँदै छिमेकी देश भारतबाट नेपालमा खुलम खुल्ला गाई गोरुको तस्करी भईरहेको छ । मासुका लागी गोरु संङ्गै गाईको समेत नेपालबाट बङ्गालादेश तस्करी निर्वाद शुरु भएको पाईएको हो । पश्चिम नेपालतिरबाट लस्करैं दैनिक जसो आउने दर्जन बढी ट्रकमा गोरु सङ्गै नेपाली राष्ट्रिय जनवार गाईको समेत खुलम खुल्ला तस्करी भईरहेपनि प्रहरी प्रशासन मुकर्दशक बनेको हो ।

ति गोरुहरु कपिलबस्तु, रुपन्देही, नवलपरासी,नवलपुर, चितवन हुँदै मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, सुनसरी, मोरगं हुदैं झापासम्म पुग्ने गर्दछन । झापा पुगेका ति गोरुहरुलाई काकँटभिट्टा लगाएतका नाका बाट पुनः भारतको सिलगुडी हुँदै बङ्गालादेशसम्म पुर्याउने गरेको बर्षौं भईसकेको छ । यस बिषयमा भण्डाफोर अभियानले यस अघि पनि पटक पटक समाचार प्रकाशन गरिरहेको छ । श्रोतका अनुसार अदालतबाट समेत आदेश गराई गाईगोरुको देशभित्र सबत्र लान ल्याउन पाईने ब्यबस्था गराउन सफल गिरोहले प्रत्यक जिल्लाका प्रहरीहरुका साथै चल्तापुर्ता दादाहरुलाई समेत सेटिङ्ग मिलाएको पाईएको छ । कतिपय जिल्लामा एसपीको आँखा छली मातहतका चौंकी ईन्चार्ज लगाएतका अन्य प्रहरीसँगको मिलेमतोमा निर्वाद तस्करी भईरहेको पाईएको छ । झापा प्रहरीकै केही प्रहरीको मिलेमतोमा रातीको समयमा भारततिर गोरु तस्करी भईरहेको झापास्थित हाम्रो गोप्य श्रोतले जानकारी दिएको छ ।

अर्का एक श्रोतको अनुसार दिउसै लस्करै गएका ट्रक अघि अघि एकसमूह सेटिङ्ग मिलाउदै हिड्ने  र उनीहरुले नेपालको नाका कटाईदिए बापत प्रति गाडी पचास हजार र थप भत्ता पाउने गरेको खुल्नमा आएको छ । तस्कर समुहका नाईकेहरुले स्थानिय तह, क्वारेन्टाईन लगाएतमा कागजपत्र मिलाउनुका साथै प्रहरी प्रशासनसँग कुरा मिलाउदै गोरु भारतको उत्तराखण्ड र उत्तरप्रदेशको नेपालको नाका पार गरी पश्चिम नेपालबाट पुर्बपश्चिम लोकमार्ग हुँदै झापाबाट सिलगुडी हुँदै बङ्गालादेशसम्म तस्करी गराईरहेको बुझिएको छ । यसरी, सयौंको सख्ँयामा गोरुमाथी गोरु र गोरु सङ्गै नेपालको राष्ट्रिय जनवार गाईलाई ट्रकमा दुई तला बनाई राखीएको भएपनि प्रहरीले कुनैं कार्बाही नगरेको श्रोतको दाबी छ । श्रोतका अनुसार गोरु सँगै तस्करहरुले गाईलाई समेत तस्करी गर्ने गरेको खुल्नमा आएपनि प्रहरी मुकर्दशक बस्नुले गम्भिर आशंका बढाएको हो । श्रोतका अनुसार तस्कर समुहमा चितवन नेकपाका एकजना युवा लागीपरेका छन् । जस्ले चितवन, नवलपुर, बारा हँुदै रौंतहटसम्मको सेटिङ्ग मिलाउने गर्दछन ।

यसैबिच,यस बिषयमा बुझ्दा जिल्ला प्रहरी प्रमुख ओम अधिकारीले सर्बोच्च अदालतबाट नेपालभित्र गोरु ढुवानीमा रोक नलगाउनु भनि आदेश भएकाले प्रहरीले गोरु लादिएका उक्त ट्रकहरु रोक्न नसकेको जानकारी दिए । प्रहरी प्रमुखले त्यसो भनेपनि गाईगोरुको तस्करीमा प्रहरी सम्लगनता रहने गरेको तस्करीमा सम्लग्नहरुको चुरीफुरीले बताउने गरेको स्वंय जानकारहरु बताउछन् ।