पल शाहको जन्मदिन : मानवका लागि मानव सहयोगी केन्द्रमा ।

चितवन/चर्चीत नायक पल शाहले आफ्नो ३१ औं जन्मदिन चितवनको एक आश्राममा मनाएका छन् । भरतपुर महानगरपालिका १, ठिमुरामा रहेको मानवका लागि मानव सहयोगी केन्द्र (सभ्यताको घर) आश्रममा बेवारिसेहरुसँग उनले जन्मदिन मनाएका हुन । उनले आफ्नो फ्यान र त्यहाँ रहेका बेवारिसेहरुसँग बसेर जन्मदिनको केक काटका हुन् । आश्रम पुगेका पल र उनका फ्यानहरुले केही खानेकुरा र हजारौं आर्थिक सहयोग पनि गरेका छन ।
बेवारिसे सडकमानवहरु राख्ने आश्रममा आएर जन्मदिन मनाउँदा आफू निकै हार्षित रहेको शाहले बताए । शाहको साथमा उनकी बहिनी र आमाको पनि उपस्थिति रहेको थियो । साथमा चर्चित गायक दुर्गेश थापा पनि रहेका थिए ।
शाहले मानवका लागि मानव सहयोगी केन्द्रको आश्रमको पनि उद्घाटन गरेका थिए । यस्तै उनले आश्रम बनाउन जग्गा दान गर्ने राजकुमार श्रेष्ठका बुवाको शालिकको पनि शिलान्यास गरेका थिए । केन्द्रकी अध्यक्ष सिता कुँवरले आश्रममा आएर जन्मदिन मनाएकोमा नायक शाहप्रति आभार प्रकट गरेकी थिइन । उनले सबैको साथ र सहयोगले आफूहरुले बेवारिसे राख्नका लागि आश्रम निर्माण गरेको बताइन । हाल आश्रममा ४२ जना सडक मानवहरु राखिएको उनले जनाइन ।