बृद्धा बाबाहजुर हत्यामा संलग्नलाई पक्राउ गर्न चितवन प्रहरी सफल।

चितवन/चितवन प्रहरी लामो प्रयासपछि एक वृद्धाको हत्यामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले भरतपुर महानगर –९ की ७४ वर्षीया बाबाहजुर थापालाई गएको गत असोज ७ गते हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया महिला सविना सुनार भनिने शोभा विकलाई सार्वजनिक गरेको हो ।

लामो अनुसन्धानपछि गएको फागुन २ गते पटके चोरीमा संलग्न हुदै आएकी विकलाई सार्वजनिक गरेको हो। विकलाई पक्राउ गरे पनि हत्या आफुले चोरीका लागि गरेको स्वीकार गरेसगैँ पक्राउ गरि सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ गरेकी महिलाले वृद्धा घरमा एक्लै रहेको थाहापाएपछि मोबाइल र गरहरना लुटपाट गर्न थापाको हत्या गरेको स्वीकार गरेको एसपी अधिकारीले जानकारी दिए । चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी मुलुकी अपराध संहिता–२०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा विकलाई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।