नेकपा ओली समूह चितवनको अध्यक्षमा रावल, सचिवमा खनाल चयन।

चितवन/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह चितवनको अध्यक्षमा दिलकुमारी रावल ‘पार्वती’ र सचिवमा प्रकाश खनाल (शैलेस) चयन भएका छन् ।

हिजो बुधबार बसेको ओली समुहको जिल्ला बैठकले अध्यक्षमा रावललाई र सचिवमा खनाललाई चयन गरेको हो । रावल तत्कालीन एमालेको जिल्ला सचिव एवम् राष्ट्रियसभाकी सांसद् हुन् भने सचिवमा नियूक्त खनाल रामबहादुर थापा बादल समूहका हुन् ।

बैठकले १० औँ जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटीसमेत गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ ग्रहण फागुन १० गते राखिएको छ।

बैठकले नीति, सिद्धान्त, आर्दश र पार्टी एकताविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेललाई पार्टीको जिम्मेवारीबाट हटाइएको नेकपा ओली समूहले जनाएको छ ।