जनताको अगाडी ओली सरकार कागजी बाघ सावित,अन्ततः झाक्री रिहा

काठमाडौं/नेकपा प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेको केहि घण्टामै सरकार रिहा गर्न बाध्य भएको छ । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले अहिले भर्खर रिहा गरेको छ । उनलाई प्रहरीले अहिले साँझ रिहा गरेको हो ।उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको बुझिएको छ । राष्ट्रपतिविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई आज बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो । देशभर हजारौंको सङ्ख्यामा झाक्री रिहाईको माग गर्दै प्रदर्शन बढदै गएपछि उनलाई रिहा गर्न सरकार बाध्य भएको हो।