नारायणघाटमा हतियार देखाई लुटपाट गर्ने एक पक्राऊ।

चितवन/नारायणघाट बजारको कमलनगर क्षेत्रमा महिलालाई लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । गत माघ २४ गते चितवनको भरतपुर महानगरपालिका ३ नारायणघाट बजारको कमलनगर क्षेत्रमा धारिलो हतियार देखाई नगद र गरगहना लुटपाट गर्ने बिकल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

बाह्रघरेमा डेरा गरि बस्ने क्षेत्रीले तनहुँका ३९ बर्षिया महिलालाई बोलाई कमलनगर स्थित एकान्त चउरमा लगि धारिलो हरितयार देखाई कुटपिट गरेर महिलाले लगाएको सुनको झुम्का, सिक्रि, ब्रासलेट, २ वटा औंठी, हातमा लगाएको घडी , २ वटा मोवाइल र नगद रु १७ हजार गरि रु ५ लाख ६३ हजार २५० रुपैया बराबरको धनमाल लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले पीडित महिलाको उद्दार गरी उपचारको लागि अस्पताल पठाईएको छ,कुटपिटबाट महिलाको कान र हातमा समेत चोट लागको छ । हाल महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

क्षेत्रीले महिलासँग आफ्नो नाम बिशाल र आफु मोटरपार्टस र वर्कसप सञ्चालक हुँ भनी फोन मार्फत चिनजान गरी बिभिन्न प्रलोभन देखाइ चितवन घुम्न आउनु भनि तनहुँबाट चितवन बोलाएका थिए ।

उनले लुटपात गरी लगेका सुनको सिक्री एकथान घडी,एकथान मोबाइल २ वटा कोठामा फेला परेको र बाँकी झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट भमनपा ११ बस्ने बर्ष २९ को सन्तोष विश्वकर्मालाई बेचेको बुझिएको छ । विश्वकर्मालाई समेत तत्काल पक्राउ गरी २७ गतेबाट लागु हुने गरि सम्मानित चितवन जिल्ला अदालतबाट हिरासतमा राखि अनुसन्धान गर्नको लागि दिन ०७ म्याद प्राप्त गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।