न्यु इकोच रेस्टुरेन्टमा भोली माघ २६ गते सांगीतिक धमाका हुँदै।

चितवन/नारायणगढमा रहेकाे न्यु इकोच रेस्टुरेन्ट एण्ड हुक्का बारमा मिलन आमत्य र विन्दु परियारको सांगीतिक साँझ हुने भएको छ । नारायणगढ बजार लायन्सचोक स्थित टाउन प्लाजामा रहेको न्यु इकोच रेस्टुरेन्ट एण्ड हुक्का बारको आयोजनामा भोली माघ २६ गते साँझ सांगीतिक साँझ हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

माघ २६ गते साझ ६ बजे देखि राष्ट्रिय कलाकारको साथमा विशेष सांगीतिक कार्यक्रम हुने कार्यक्रम संयोजक सुरेश जोशीले जानकारी दिएका हुन् । उनका अनुसार कोरोनाको त्रासले आक्रान्त भएको नेपाली संगीत पारखीलाई संगीत मनोरञ्जनका लागि कार्यक्रम गर्न लागिएको हो । सांगीतिक साँझ विशुद्ध पारिवारिक रहेको जोशीको भनाई छ । स्वास्थ्य सावधानीका साथ गरिने कार्यक्रममा १ सय २० दर्शक सहभागी हुने आयोजकको दावी छ । कार्यक्रममा ३ वटा नृत्य प्रस्तुति समेत हुने जोशीले बताए ।

कार्यक्रममा सहभागी हुन रु १ हजारका टिकटको व्यवस्था गरिएको छ । गायिका मिलन नेवारको फुल बुट्टे सारिमा लगाएत गित चर्चित छन । त्यस्तै विन्दु परियारको पर्ख पर्ख मायालु बोलको गित चर्चित छ ।