कञ्चन समाज विकास परिषद्को अध्यक्षमा दुर्गाप्रसाद।

चितवन/ भरतपुर २१ पार्वतीपुरमा रहेको कञ्चन समाज बिकास परिषदको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी चयन भएका छन् । परिषदको शनिबार सम्पन्न २४ औँ साधारण सभा तथा १३ औं अधिबेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा चित्र बहादुर अधिकारी, सचिवमा शिव पोख्रेल, कोषाध्यक्षमा सिंह बहादुर थापा, सह(सचिवमा प्रविना काफ्ले चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा प्रज्ज्वल भट्ट, कमला भट्टराई,शिवराज ढकाल,भूपेन्द्र कार्की, राजु तिमिल्सेना,विन्दु न्यौपाने,मौसम तामाङ्ग, रबिन बाँनिया चयन भएका छन् । अध्यक्ष बिकास भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दुर्गा प्रसाद सुबेदीले स्वागत मन्तब्य, सचिव सरोज थपलियाले बार्षिक प्रगति प्रतिवेदन र लेखा समिति सयोँजक सुरेश कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०५३ सालमा तत्कालीन पार्बतीपुर गाबिसको कञ्चनबस्तीमा स्थापना भएको परिषदको विधान अनुरूप सर्वसम्मत अध्यक्ष र १२ सदस्य निर्वाचित गरेको छ भने पछि दुई जना सदस्य मनोनीत गरि १५ जनाको कार्यकारिणी समिति गठन गरिने संस्थाले जनाएको छ ।

भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन समाज बिकास परिषदले स्थापनाकालदेखिनै यस क्षेत्रको बिकासमा सहयोग पुर्‍याएको बताएका थिए । परिषदका हरेक सामाजिक काममा वडाले सहयोग गरेको बताउदै अधिकारीले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नवनिर्वाचित अध्यक्ष दुर्गाप्रसाद सुबेदीले कञ्चन समाजको विकासको लागि आफ्नो प्रतिबद्धता जाहेर गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरेका थिए ।