पिटु सिटुका वालवालिकासँग चितवनका प्रहरी प्रमुख गुरुङ।

चितवन/चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले शनिवार दिउँसो सडकबाट उद्दार गरेर सेल्टर होममा राखिएका बालवालिकालाई पारिलो घाममा राखेर उनीहरुका चाहना र समस्याको बारेमा कुराकानी गरे । भरतपुर महानरपालिका वडा नम्बर ५ आनन्दपुरस्थित बालवालिकाका लागि नागरिक प्रहरी अभियान(पी टु सी टु)मा बालवालिकासँग कुराकानी गर्दै उनले प्रहरी सबैको साथी भएको बताए । नागरिक–प्रहरीबीचको सम्बन्ध स्थापित गर्ने र सडक बालबालिकालाई नयाँ जीवन दिने उद्देश्यले स्थापना गरिएको समुदाय प्रहरी साझा अभियानको रुपमा रहेको सो सेल्टरमा एसपी गुरुङ्ग दिनभर बालबालिकासँग रमाउँदै बसेका हुन्।
पछिल्लो समय सामाजिक सेवा सहित नमूना काम गरिरहेका चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नान्तिराज गुरुङ शनिवार भरतपुर महानगरपालिकास्थित आनन्दपुरमा वालवालिकाहरुको बीच रमाएका थिए।