स्थापना दिवसमा नव जनजागृतिले गर्यो रक्तदान कार्यक्रम।

चितवन/जनजागृति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको कार्यलय भरतपुर १३,पृथ्वीनगरमा भएको रक्तदान कार्यक्रममा १५ महिला सहित ५३ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष खिलराज रेग्मीले बताउनु भयो ।

पशुपालक किसानहरुले २०५४ सालमा व्यपार समूहको रुपमा स्थापना भएको यस सहकारी अहिले वडाकै एक मात्र सहकारी हो । त्यो समयमा ८४ जनाले मासिक ५० रुपैयाँ वचत बाट समूहको सुरु गरेका थिए । अहिले यस सहकारीमा झण्डै १२ सय सदस्यहरु छन् भने १२ कारोड पँुजी छ ।

वचत सँगै सहकारीले अहिले व्यवसायीक, कृषी र बैदेशीक रोजकारीको लागी ऋण लगानी गर्दै आएको छ । भरतपुरकै ग्रामिण भेगमा सहकारीले भावि दिनमा डिजिटल बैकिंग कार्य समेत सुरु गर्ने अवधारणमा छ ।