चितवनमा अज्ञात समूहद्वारा ट्रक तोडफोड !

चितवनमा आज एउटा ट्रक तोडफोड भएको छ। भरतपुर महानगपालिकाको नारायणपुणमा अज्ञात समूहले ट्रकमा ढुङ्गा हानेर भागेको प्रहरीले जनाएको छ ।
गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख ३८६३ नम्बरको ट्रकलाई मोटरसाइकलमा आएका समूहले ढुङ्गा प्रहार गरेर भागेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘मोटरसाइकलमा हिँडेका दुई जना व्यक्तिले ढुङ्गा हानेर भागेको भन्ने जानकारीमा आएको छ’ थापाले भने, ‘विप्लव समूहका मान्छे हुन् वा अरु नै हुन् खुलेको छैन ।’
अज्ञात समूहको ढुङ्गा प्रहारबाट ट्रकको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । ट्रकमा ढुङ्गा हान्ने व्यक्तिको खोजी भइरहेको थापाले बताए ।
आज बिप्लब नेतृत्वको नेकपाको नेपाल बन्द गरिएको हुनाले सो पार्टीका कार्यकर्ताले तोडफोड गरेको हुन् सक्ने अनुमान गरिएको छ।