कम्युनिष्टले गफ बेचेरै खाए, हामीले गरेको कामको प्रचार गर्न सकेनौं : डा. महत

चितवन/नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले गफ बेचेरै सत्ताको बागडोर हात पारेको बताएका छन्।नेपाल प्रेस युनियन चितवन शाखाले भरतपु-११ जखडीमाइमा आयोजना गरेको पत्रकारहरुको बनभोज तथा अन्तरक्रिया कार्यक्रममा उनले एमाले माओवादी मिली बनेको नेकपा प्रति इँगित गर्दै नेता महतले कम्युनिष्टहरूले गफ बेचेरै विगतमा जनमत हासील गरेको बताएका हुन्। उनले अगाडि थपे उनीहरूले गफै बेचेर खाइसके हामी आफूले गरेको कामको प्रचार गर्न सकेनौं।
कम्युनिस्टले हिजो गफ विकाएपनि अब गफ नबिक्ने नेता महतको भनाई थियो। उनले ओलि सरकारले संसद विघटन गरेर ठूलो गल्ती गरेको भन्दै नेकपाको कारण देश र जनतालाई शास्ती मात्र बढेको आरोप लगाए। सरकारले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सदर गरेमा तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा समेत नेता महतको भनाई छ।
संसद विघटन बारेको मुद्दाको छिटो छिनोफानो हुनुपर्नेमा नेता महतको जोड दिएका थिए।
कार्यक्रममा वोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सन्चारकर्मीलाइ उचित पारिश्रमिक दिलाउनुपर्ने बताए । उनले पत्रकारले नागरिकको अधिकारबारे बोल्ने भएकाले पत्रकारको पेशागत सुरक्षा गर्न सरकार लागिपर्नुपर्ने बताए।
कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले श्रमजीवी पत्रकारको पेशागत हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही वनभोज तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै पत्रकारहरुले आफ्नो पेशागत सुरक्षाका लागि पहल गर्न माग गरेका छन् । उनीहरूले कोभिडको बहानामा विस्थापित बनाइएका पत्रकारको पुनर्बहाली गर्न समेत माग गरेका छन्।
कार्यक्रममा पूर्ण शर्मा,विप्लव काफ्ले,रमेश पौडेल रमेशचन्द्र बस्ताकोटी, गोविन्द अर्याल, केशव भट्टराई, अर्जुन अधिकारी, अनिता अर्याल, शिव शर्मा लगायतले पत्रकार हकहितको बारेमा आ आफ्ना सुझावहरू राखेका थिए। प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा उनले पत्रकारलाई सक्षम र दक्ष बनाउने कार्ययोजना पेस गरेका थिए।