सोंच परिवर्तन नेपालको नेतृत्वमा विधार्थीहरुले निकाले र्याली।

समीर मल्ल/चितवन/पश्चिम चितवनको चनौलिमा रहेको सोच परिवर्तन नेपाल संस्थाको नेतृत्वमा शनिवार विद्यार्थीहरुको भविश्य सुनिश्चित गर्नुपर्ने मागसहित सांकेतिक विरोध र्याली निकालिएको छ । पश्चिम चितवनको भिमनगर मा.वि र दिव्यनगर मा.वि परिसरबाट निकालिएको सो र्याली चनौली बजारमा आएर कोणसभामा परिणत भएको थियो ।

सो कोण सभालाई सम्बोधन गर्ने क्रममा सस्थाका अध्यक्ष शिवराज कडेलले कोरोनाको कारण देखाउदै विद्यार्थीको भविश्य माथि सरकारले खेलवाड गरेको आरोप लगाए। उनले अगाडि भने सरकारको कारण भविश्यका कर्णधार विद्यार्थीहरुमा आफ्नो पठनपाठनमा अन्यौलता छाएको भन्दै सस्थाले दबाबमुलक कार्यक्रम गरेको जानकारी दिए। र्यालीमा भिमनगर मा.वि र दिव्यनगरमा वि का कक्षा ११ र १२ मा पढ्ने लगायतका १० कक्षा भन्दा माथिका विद्यार्थीहरु सहभागी थिए ।

सयौं विद्यार्थीको सहभागितामा सम्पन्न सो कोण सभामा सपना प्रजा ,सुजल बि.क लगतयतका बिद्यार्थीहरुले आफ्रना भनाइ राखेका थिए । र्यालीमा सहभागी विद्यार्थीहरुले “ भ्रष्टाचारी मौलायो, विद्यार्थीलाई फसायो“, “विद्यार्थीको भविष्य सुनिश्चित गर, हाम्रो माग पुरा गर“ भन्ने नाराका लेखिएका प्लेकार्डहरु बोकेका थिए ।