भरतपुरमा यही पुस १७ देखि सुविधा सम्पन्न होटल चितवन गार्डेन रिसोर्ट संचालनमा आउने।

सूर्य बराल/चितवन
चितवनको भरतपुरमा आगामी पौष १७ देखि नयाँ सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका वडा नं–१० कृष्णपुरस्थित कटहर चोकमा रहेको चितवन गार्डेन रिसोर्ट अँग्रेजी नयाँ वर्ष २०२१ जनवरीदेखि संचालनमा आउने भएको हो ।                    रिसोर्टले आइतबार साँझ पत्रकार सम्मेलन गरी यही पुस १७ गते (जनवरी १ तारिख)देखि रिसोर्ट नियमित संचालनमा आउने लागेको जानकारी दिएको हो ।                                  उद्घाटनको सम्पूर्ण तयारी पुरा भइसकेको र रिसोर्टको समुद्घघाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गर्ने रिसोर्टका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले जानकारी दिनुभयो।                                                                  उहाँका अनुसार रिसोर्टमा ३२ जनाले रोजगारी पाएका छन् । सो रिसोर्ट १७.५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । ३० करोड लगानीमा निर्मित रिसोर्टमा २८ वटा लक्जरियस कोठाहरु रहेका छन् भने डिजिटल बार, स्वीमिङ पुल, डायनिङ रेष्टुरेन्ट, रुफटप रेष्टुरेन्ट, व्याङक्वेट हल रहेका छन् ।                                रिसोर्टका अध्यक्ष अशोक श्रेष्ठले गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याइएको दाबी गर्नुभएको छ।                                                शहरको मध्य भागमा अवस्थित साथै भरतपुर विमानस्थलसंगै जोडिएकाले पाहुनाहरुका लागि सहज हुने हुनाले ७७ जिल्लाबाट आउने पाहुनाहरुको लागि रिसोर्ट उपयोगी हुने जानकारी दिनुभयो।