ड्युटिका प्रहरीद्वारा चितवनमा अपाङ्ग महिला गर्भवति ! घटना गुपचुप पार्ने चलखेल ।

बुधबार । कार्तिक १३, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी जवानले भरतपुरको एक होटलमा कार्यरत अपाङ्ग महिलासँग यौनसम्बन्ध बनाई उनलाई गर्भवति बनाएको रहस्य खुल्नमा आएको छ । मकवानपुर जिल्लाको मनहरी गाँउपालिका घर भई चितवनको राप्तीमा डेरा गरी बसेकी ती युवती बिरामी भई भरतपुरको सरकारी अस्पतालमा उपचार गराउन आउने क्रममा अस्पतालमा खटिएका ति प्रहरीले अपाङ्ग युवतीसँग यौंनसम्बन्ध स्थापित गराई गर्भवती बनाएको भण्डाफोर अभियानको अनुसन्धानबाट खुल्नमा आएको हो ।
नौ महिनामा आमा गुमाई सौतेनी आमाको कठोर ब्यबहार र चरम गरिबी झेल्न बाध्य भएपछी हातमुख जोर्न कामको खोजीमा पुर्बीचितवन आएकी ती महिला टन्सीलको समस्याले ग्रस्त भएपछी चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचारको लागी आउने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहि सरकारी अस्पतालमा ड्युटि गर्ने प्रहरी जवान समुन्द्र श्रेष्ठसँग हिमचिम बढेपछी दुबैबिच यौंनम्बन्ध कायम भएको अनुसन्धानले देखाएको छ । रेक्सना शर्मा(नाम परिर्वतन) ले भण्डाफोर अभियानसँग कुरा गर्दै भनिन, ‘गत बर्षको कार्तिकमा म सरकारी अस्पतालमा उपचार गर्न आउने क्रममा उहाँ(समुन्द्र श्रेष्ठ)सँग चिनजान भयो, उहाँ म सँग नजिकिदै जानु भयो र केहीदिन लगत्तै यौंनसम्बन्ध समेत भयो ।’
उनले अगाडी थपिन ‘ प्रत्येक यौंन सम्बन्धपछी उहाँ(समुन्द्र श्रेष्ठ)ले यो औंषधी लिनु गर्भ रहदैन भन्नुहुन्थ्यो तर खै कसरी गर्भ बस्यो थाहै भएन ।’ हामीसँग कुरा गर्दै उनले भनिन लकडाउन अगाडीसम्म उहाँ(समुन्द्र श्रेष्ठ) सँग सम्बन्ध थियो, त्यसपछी भने सम्पर्क नरहेको उनले बताईन् । आठ महिनाको गर्भ बोकेकी ती महिला बेसहारा भई एउटा आश्रममा शरण लिएर बसेकी छिन्। प्रहरी सेवामा रही सरकारी अस्पतालमा ड्युडिमा रहेका बिवाहित प्रहरीसँग यौनसम्बन्धमा रहेकी ती युवती पछिल्लो समयमा अस्पताल अगाडीकै एक होटलमा काम गर्ने गरेकी थिईन् । प्रहरी जवानसँगको सम्बन्धपछी गर्भवती बनेकी उनलाई गर्भ बढ्दै जाँदा काम गर्न अप्ठेरो भई बेसहारा र अलपत्र बनेपछी अस्पताल आसपासका पसलेहरुले भरतपुरकै एक आश्रामका सञ्चालकलाई बोलाई जिम्मा लगाई पठाएको एक पसलेले जानकारी दिए ।

घटना गुपचुप पार्ने चलखेल ।
ड्युटिमा रहेको प्रहरी लगाएतसँगको अबैध सम्बन्ध पछी गर्भवती भएकी ति पिडीत युवती नजिकै रहेको जिल्ला प्रहरी कार्यलयको महिला शेलमा पनि गईन् । उनलाई त्यहाँ महिला शेलका केही कुरा सोधपुछ पनि गरियो । प्रहरी जवान श्रेष्ठसँग सम्बन्ध रहेको उनले महिला शेलका अन्य प्रहरीहरुलाई जानकारी पनि गराईन् ।

सो कुरा एक हप्ता अगाडी नै महिला शेल मार्फत कर्यालय प्रमुख नान्तीराज गुरुङ्गलाई पनि जानकारी गराईयो । तर एक बिवाहित प्रहरीले एक अपाङ्ग महिलालाई यौंनसम्बन्ध गरी गर्भ रहदाँ पिडीत महिलाको चरित्रलाई दोष दिदै प्रहरीलाई उन्मुक्ती दिन खोजेको आभास भएको छ, एक महिला अधिकारकर्मीले भनिन् । 
उनलाई संरक्षण प्रदान गरिरहेको बेबारिसे ब्यबस्थापन केन्द्रकी प्रमुख सिता कुँबरले आफुले अस्पताल अगाडीका स्थानियको आग्रहमा आमा र बच्चाको सुरक्षाको लागी मात्र संरक्षण प्रदान गरेको जानकारी दिईन् । उनले अगाडी थपिन पिडीतसँग कुरा भईरहेको र बच्चाको बाउ पत्ता लगाउन आफु पनि लागीरहेको जानकारी दिईन् ।

यसैबिच, यस बिषयमा बुझ्दा चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्गले जवान श्रेष्ठले अनुशासनहिन कार्य गरेकोले निजलाई कार्बाहीको प्रक्रिया अगाडी बढाईएको बताए । तर उनले के कस्तो कार्बाही अगाडी बढाईएको हो त्यो भने खुलाएनन् ।