चाडबाडमा पनि खानेपानीको हाहाकार, धारा छन् पानी छैन् ।

मुगु जिल्लाको सोरु गाउँ पालिका १० धैनकोटमा यतिबेला पानीको हाहाकार मच्चिएको छ । विगत लामो समयदेखि धैनकोटको माथिवाडा, जैसीवाडा, उपाध्यावाडा र सार्कीवाडामा खानेपानीको पाँच ओटा धारामध्य चार ओटा धारामा पानी नआउँदा यतिबेला खानेपानीको हाहाकार मच्चिएको हो । भएको एउटा धारामा पनि कतिबेला पानी आउने कतिबेला रोकिने हुदाँ स्थानीयवासिले खानेपानीको निकै हैरानी खेप्नु परेको छ । खानेपानीको मुल निकै टाढा हुने हुँदा बिच भागमा भेडा, बाख्रा, गोरु गोठाला जाने र बाटोमा आवत जावत गर्ने बटुवाले पानीको पाईप छुटाईदिने प्रबृती बढेकाले निकै दुख पाएको खानेपानीका चौकीदार मनिकेश उपाध्याले गुनासो गरे । ू यतिखेर दशै चलिरहेको साथै अन्य चाडबाडहरु पनि मुखमा आएको छ । गाउँमा खानेपानी छैन् घर छिप्न र लिपपोत गर्न पुर्खेउली मुल धारा नाउला पुग्नु परेको स्थानीयवासी विस्नदत्त उपाध्याले दुखेसो पोखे । स्थानीय सरकारले फेरि एक घर एक धाराको नारालाई अगाडि सारे पनि जुन ूजुन जोगि आए पनि कानै चिरिएको झै हुने र स्थानीय वासीले खानेपानीको हैरानी खेपिरहनु पर्ने अर्का एक स्थानीय वासि बद्री प्रसाद आचार्य भने। गाउँ घरमा धेरै विकासका योजना आउछन् तर तिनिहरुको दिगो विकास नभई काम चलाउ शैलीले जुनसुकै योजनाको काम सम्पन्न हुने हुँदा पछि दुस् ख खेप्नु परेको धैनकोट दशका स्थानीय अगुवा केशरी आचार्य बताउँनु हुन्छ । फेरि पनि एक घर एक धाराको प्रावधानमा सरकारको लगानी वालुवामा पानी नहोस् स्थानीय वासीले घन्टौ लाईनमा बसेर होईन् घरको दैलोमा खानेपानी पुर्याउन सरकारले कहल पदमी चालोस् भन्ने सिङ्गो स्थानीय वासीको आग्रह छ । आजको भण्डाफोर अभियानबाट