“श्रदान्जली” म्युजिक भिडियो सार्वजनिक

चितवन/लामो समयदेखि प्रबासमा रहदै नेपाली सुगम संगीतमा कलम चलाउदै आएका गीतकार अर्जुनरत्न भिकारीको नयाँ म्यूजिक भिडियो श्रदान्जली” सार्वजनिक गरिएको छ। भिकारीको दोस्रो एल्बम पञ्चामृतको पाँचौ गित “श्रदान्जली” को म्युजिक भिडियो आज सार्वजनिक भएको हो।
केही समय अगाडी दोस्रो एल्बम पञ्चामृत लिएर आएका गीतकार भिकारीले यस भन्दा अगाडि दाउरा उपहार, धनले हैन मनले, काजल जस्ता थुप्रै गितहरु बजारमा ल्याइसकेका छन। भिकरीको अहिले दोस्रो एल्बम पञ्चामृत भित्रको पाचौ गित श्रदान्जली को म्युजिक भिडियो सार्बजनिक भएको हो ।
गीतकार अर्जुनरत्न भिकारीको शब्द ,सुनिल मास्केको संगीत र स्वरुप राज आचार्यको स्वरमा रहेको यस गितमा संगीत संयोजन प्रदिप श्रेष्ठले गरेका छन् ।

चितवनका युवा कलाकार सुन्दर डल्लाकोटि, इन्दु र लेखनाथको अभिनय रहेको यस म्युजिक भिडियो अनुराग ठकुरीको निर्देशन र म्युजिक भिडियोको छायांकन सुरज खनालले गरेका हुन।