नारायणगढमा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ !

चितवन/बजाज मोटरसाइकलको आधिकारिक शोरुम नारायणगढको शहीदचोकमा रहेको नारायणी मोटर्सले ‘एभेन्जर १६० स्ट्रीट’ बिक्री शुभारम्भ गरेको छ ।
युवा उद्यमी मञ्च चितवनका अध्यक्ष कृष्ण सापकोटा सहितका अन्य व्यवसायीले बिहीबार शोरुममा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ गरेका हुन् । कार्यक्रममा सापकोटाले युवाहरुलाई लक्षित गरेर बिक्री शुभारम्भ गरिएको सो मोटरसाइकल युवामाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे । एन्टीकल ब्रेक सिस्टम जडान गरिएको सो मोटरसाइकलमा आकस्मिक ब्रेक लगाउँदा नघिस्रिने भएकाले दुर्घटना न्यूनिकरणमा समेत महत्वपूर्ण सहयोग पु¥याउने सापकोटाको भनाइ छ ।
मोटरसाइकलको बिक्री शुभारम्भका अवसरमा नारायणी मोटर्सका सेल्स म्यानेजर हरेराम खरेलले लामो दुरी यात्राका लागि सहज हुने बताए । बिहीबार लन्च गरिएको एभेन्जर १६० स्ट्रीटको इन्जीन अग्लो भएकाले जस्तो सुकै अप्ठ्यारो बाटोमा समेत आरामदायी यात्रा गर्न सकिने खरेलले बताए ।
रातो र कालो रङमा उपलब्ध सो मोटरसाइकलमा १३ लिटर पेट्रोल अटाउने क्षमता रहेको भन्दै नारायणी मोटर्सका म्यानेजर शेरबहादुर पौडेलले ३.८ लिटर पेट्रोल रिजर्भमा रहने जानकारी दिए । सो एभेन्जेर १६० स्ट्रीटको माइलेज प्रति लिटर ४० देखि ४५ किलोमिटर रहेको पौडेलको भनाइ छ । यसको बिक्री मूल्य तीन लाख १९ हजार ९०० रुपैयाँ रहेको पौडेलले जानकारी दिए ।