खबर प्रभाव: बदनाम सई घलान जिम्वेवारीबाट आउट, थप कारबाही हुनसक्ने!

सूर्य बराल/जिल्ला प्रहरी कार्यालय चितवनका बदनाम सई (प्रहरी नायब निरिक्षक) लाल बहादुर घलान अन्तत: कारबाहीमा परेका छन्। उनको कारण सिङ्गो प्रहरी प्रशासन बदनाम बन्दै गईरहे को विषयमा भण्डाफोर अभियान लगाएतका सञ्चारमाध्यमहरुले गत शनिबार साँझ समाचार प्रकाशन गरेलगत्तै उनीमाथि तालुकदार कार्यालयले चासो देखाउँदै उनले सम्हाल्दै आएको जिम्वेवारिबाट मुक्त गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुरको प्रशासन शाखामा कार्यरत ति सई लाल बहादुर घलानले अर्का सई ड्युटि सुबेदार मेजर कृष्णप्रसाद सिलवालसँग मिलेर मनपरी रुपमा मातहतका चौंकी ईन्चार्जको जिम्बेवारी दिने, आफ्नै सिनियर अधिकृतलाई नटेर्ने, प्रहरी नायब उपरिक्षक सम्मलाई नगन्ने, सिपाही, हवल्दारहरुलाई थर्काएर आफु अनुकुल परिचालन गर्ने लगाएतका हर्कत गरिहेको गुनासो बिष्फोट हुन लाग्दा समेत उनलाई कुनै कार्बाही नगरिएको भन्दै समाचार प्रकाशन भएको ३ दिन नकट्दै कारबाही गरिएको हो।

आफुलाई कसैले केही गर्न सक्दैन भन्दै रवाफ बढाउदै पिडीत प्रहरीहरुलाई भनेको बेला बिदा नदिने, अप्ठेरो डियुटी दिने गरेको गुनासो बढेसँगै उनको जिल्ला प्रहरी कार्यालयमा भईरहेको उनको ज्यादतीको पर्दाफास गर्दै समाचार प्रकाशन भएको थियो। हेटौंडा घर भई जिल्ला प्रहरी कार्यालयमा विगत करिब ६ बर्षदेखि राज गर्दै शक्तिको व्यापक दुरुपयोग गर्दै आर्थिक लाभ लिने गरेको गुनासो बढेपछि उनको अत्याचारले सीमा नाघेको कारण प्रहरी संगठन भित्रै विद्रोह उत्पन्न हुने अवस्था आएको थियो।

के के गरेका थिए त घलनले ?

प्रहरी बिटहरुमा आफु अनुकल ईन्चार्ज

जिल्ला प्रहरी कार्यालय अन्र्तगतको प्रशासन शाखा प्रमुख घलानले रत्ननगर शान्तीचोक बिटमा प्र।ह।अर्जुन गुरुङ्ग, पर्यटक प्रहरी बिट पटिहानीमा असई जित बहादुर तामाङ्ग, प्रहरी चौंकी जिरौंनामा प्र।ह।राजकुमार घले, प्रहरी बिट मल्याणपुरमा आश बहादुर गुरुङ्ग, भरतपुर ११ गणेस्थानमा प्र।ह। रामबहादुर गुरुङ्ग, ज्योतिनगरमा प्र।ह। थान बहादुर राई र नेकपा माओबादी पार्टी कार्यालयमा राम बहादुर घलान राखेको त्यस्तै खोलेसिमलमा हवल्दारको दरबन्दीमा सई शालीग्राम पौंडेललाई पठाएका छन्।
स्रोत भन्छ, प्रहरी नियमावली अनुसार ईन्सपेक्टरको दरबन्दी रहेको प्रशासन शाखामा किन, के कसरी बर्षौबाट घलानले राज गरेका छन् तरु आफै बुझ्नुस। ईलाका प्रहरी कायालय माडीमा लेखापाल रहेका घलान जिल्लाको प्रशासन शाखामा कार्यरत सई झलक शर्माले राजीनामा दिए पश्चात सो स्थानमा आएका थिए। त्यहाँ आएपछी घलानले उपल्लो तहका केही हाकीम सँगको साँठगाठमा आफुसँग कुरा नमिल्नेलाई अन्यत्र लखेट्ने गरेको श्रोतले बताएको छ। श्रोतका अनुसार आफुसँग कुरा नमिल्ने ईन्सपेक्टर सम्मलाई थर्काउने शक्ति आर्जन गरेका घलानले काठमाण्डौंबाट प्रकाशित एक साप्ताहिक पत्रिकाका पत्रकार लगाएतलाई मिलाएको छु भन्दै आफुलाई कतैबाट केही हुन नसक्ने र आफु अझै यहि ठाँउमा बर्षौं रहने ध्वाँस दिैदै मातहतका प्रहरीलाई त्रासमा राख्ने गरेको बुझिएको छ।

आफु अनुकुल घुमुवा राख्ने तयारी

दुईसातादेखि जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धान शाखा ९घुमुवा प्रहरी० नेतृत्व बिहिन अवस्थामा छ। सो स्थानमा रहेका असई सिताराम खतिवडा प्रहरी चौकी पदमपुर हाजीर भएसँगै खाली रहेको घुमुवा प्रमुखमा घलानले आफ्नो ईच्छामा पहिले नै टाँडी सौंराह क्षेत्रमा घुमुवाको रुपमा बदनाम कमाईसकेका असई भुवन अर्याललाई ल्याउने तयारी भईरहेको बुझिएको छ। इलाका प्रहरी कार्यालय टाँडीमा घुमुवा रहेका असई अर्याललाई लागुऔंषध कारोबारीबाट समेत रकम असुली गरेको आंशकामा तत्कालीन एसपी दान बहादुर मल्लले आम सर्बसाधरणको जनगुनासो बढेपछी कारागारमा थन्क्याईएका थिए। तिनै बदनाम असई अर्याल अहिले जिल्लाको घुमुवा प्रहरी ईन्चार्ज बन्न लागेको भन्दै प्रचारमा आएका हुन्। अनुसन्धानमा जिल्लामै अब्बल जुटपानी चौकीका ईन्चार्ज गगन शाहीलाई कारागार ल्याई हालसालै कारागारबाट जिल्ला ल्याई घुमुवाको जिम्बेवारी दिन लागीएका अर्याल घलानकै योजनामा जिल्ला ल्याईएको प्रहरी श्रोतको दाबी छ। अर्यालले पनि कारागार हुँदैदेखि अब जिल्लामा घुमुवा बन्दै छु भनि सार्बजनिक रुपमै भन्दै आएको र अहिले उनैलाई घुमुवाको जिम्मेवारी दिईन खोज्नुले चितवन प्रहरी भित्रको अपारदर्शी कार्यशैली र लाभको राजनिती उदाङ्गिएको जानकारहरु बताँउछन्।

घलानका बिरुद्ध उजुरीको थुप्रो

सई घलानको बिरुद्ध प्रहरी मुख्यालयमा उजुरीको थुप्रो लागेपनि उनलाई अहिलेसम्म खासै केही भएको छैन। प्रहरी सेवामा प्रबेश गरेदेखि नै चितवन र मकवानपुर जिल्ला भन्दा बाहिर जान नपरेका घलानले आफुबिरुद्धको उजुरीहरुलाई निस्तेज बनाउन तथा आफ्नो पक्षमा पार्न बागमति प्रदेश प्रहरी प्रशासन शाखामा समेत सेटिङ्ग मिलाएको प्रदेश प्रहरी निकट एक श्रोतको दाबी छ। केही दिन अघि प्रहरी मुख्यालयले जिल्ला प्रहरी कार्यालय अन्र्तगत प्रशासन शाखामा कार्यरत प्रहरी कर्मचारीहरुको नाम सहितको तिनपुस्ते माग गरेको र घलानको बिषयमा उजुरीको थुप्रो लाग्दै गएपछी सो को बिषयमा मुख्यालय गम्भिर बन्दै सुक्ष्म अध्ययन अघि बढाएको थियो। श्रोतका अनुसार श्रावण यता मात्र उनका बिरुद्ध ३ वटा उजुरी परेको र सो बिषयमा एआईजी हरि पाल समेत उनलाई कार्बाही गर्ने मनस्थितीमा पहिल्यै पुगेको र सञ्चामाध्यममा सोही विषय छताछुल्ल भए सँगै उनलाई कारबाही गरिएको श्रोतले जानकारी दिएको छ

अन्तत: कारबाहीमा घलान!
जिल्ला प्रहरी कार्यालयमा आउने हाकिमहरुलाई रिझाउँदै बर्सौबाट राज गर्दै आएका घलान अन्तत कारबाहीमा परेका छन्। उनलाई एसपी नान्तिराज गुरुङले प्रहरी मुख्यालयको ठाडो निर्देशनमा कारबाही गरेका हुन। उनले सम्हाल्दै आएको प्रशासन शाखाबाट उनलाई हटाई थप अनुसन्धान भैरहेको श्रोतले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार शनिबार समाचार प्रकाशन भए लगत्तै आईतबारै प्रहरी मुख्यालयले घलनलाई कारबाही गर्न निर्देशन गरेको थियो। उनी अहिले जिम्वेवारी विहिन बनाई थप अनुसंधान को क्रममा रहेको र उनीमाथिको उजुरीहरू अध्यनको आधारमा थप कारबाही हुन् सक्छन् एक प्रहरी अधिकृतले भने। उनका अनुसार घलान सँगै अन्य केही प्रहरिहरुमाथि समेत शुस्म अध्ययन भैरहेको छ। यता यस विषयमा थप बुझ्न खोज्दा चितवनका प्रहरी प्रमुख नन्तिराज गुरुङसंग संपर्क हुन् सकेन।