सई घलानकै कारण बदनाम बन्दै चितवन प्रहरी !

आवश्यक अनुसन्धान गरी कार्बाही गरेर छाड्छु : एसपी गुरुङ्ग

सूर्य बराल / चितवनका एकजना सई (प्रहरी नायब निरिक्षक) को कारण सिङ्गो प्रहरी प्रशासन बदनाम बन्दै गईरहे पनि जिल्ला प्रहरी कार्यालयमा बर्षौबाट एकछत्र राज गरिरहेका ति भाग्यामानी प्रहरीलाई अहिलेसम्म हटाउन सकिएको छैंन्। जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुरको प्रशासन शाखामा कार्यरत ति सई लाल बहादुर घलानले अर्का सई ड्युटि सुबेदार मेजर कृष्णप्रसाद सिलवालसँग मिलेर मनपरी रुपमा मातहतका चौंकी ईन्चार्जको जिम्बेवारी दिने, आफ्नै सिनियर अधिकृतलाई नटेर्ने, प्रहरी नायब उपरिक्षक सम्मलाई नगन्ने, सिपाही, हवल्दारहरुलाई थर्काएर आफु अनुकुल परिचालन गर्ने लगाएतका हर्कत गरिहेको गुनासो बिष्फोट हुन लाग्दा समेत उनलाई कुनै कार्बाही गरिएको छैन्।

आफुलाई कसैले केही गर्न सक्दैन भन्दै रवाफ बढाउदै पिडीत प्रहरीहरुलाई भनेको बेला बिदा नदिने, अप्ठेरो डियुटी दिने गरेको स्वंय भुक्तभोगी प्रहरीहरु नै बताउन थालेका छन्। हेटौंडा घर भई जिल्ला प्रहरी कार्यालयमा विगत करिब ६ बर्षदेखि राज गर्दै आएका घलानले बिशेष गरी गाँउले र लाभ दिनेहरुलाई चौंकीको ईन्चार्ज दिने गरेको श्रोतको दाबी छ।

प्रहरी बिटहरुमा आफु अनुकल ईन्चार्ज

जिल्ला प्रहरी कार्यालय अन्र्तगतको प्रशासन शाखा प्रमुख घलानले रत्ननगर शान्तीचोक बिटमा प्र.ह.अर्जुन गुरुङ्ग, पर्यटक प्रहरी बिट पटिहानीमा असई जित बहादुर तामाङ्ग, प्रहरी चौंकी जिरौंनामा प्र.ह.राजकुमार घले, प्रहरी बिट मल्याणपुरमा आश बहादुर गुरुङ्ग, भरतपुर ११ गणेस्थानमा प्र.ह. रामबहादुर गुरुङ्ग, ज्योतिनगरमा प्र.ह. थान बहादुर राई र नेकपा माओबादी पार्टी कार्यालयमा राम बहादुर घलान राखेको त्यस्तै खोलेसिमलमा हवल्दारको दरबन्दीमा सई शालीग्राम पौंडेललाई पठाएका छन्।

स्रोत भन्छ, प्रहरी नियमावली अनुसार ईन्सपेक्टरको दरबन्दी रहेको प्रशासन शाखामा किन, के कसरी बर्षौबाट घलानले राज गरेका छन् त? आफै बुझ्नुस। ईलाका प्रहरी कायालय माडीमा लेखापाल रहेका घलान जिल्लाको प्रशासन शाखामा कार्यरत सई झलक शर्माले राजीनामा दिए पश्चात सो स्थानमा आएका थिए। त्यहाँ आएपछी घलानले उपल्लो तहका केही हाकीम सँगको साँठगाठमा आफुसँग कुरा नमिल्नेलाई अन्यत्र लखेट्ने गरेको श्रोतले बताएको छ। श्रोतका अनुसार आफुसँग कुरा नमिल्ने ईन्सपेक्टर सम्मलाई थर्काउने शक्ति आर्जन गरेका घलानले काठमाण्डौंबाट प्रकाशित एक साप्ताहिक पत्रिकाका पत्रकार लगाएतलाई मिलाएको छु भन्दै आफुलाई कतैबाट केही हुन नसक्ने र आफु अझै यहि ठाँउमा बर्षौं रहने ध्वाँस दिैदै मातहतका प्रहरीलाई त्रासमा राख्ने गरेको बुझिएको छ।

आफु अनुकुल घुमुवा राख्ने तयारी

दुईसातादेखि जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धान शाखा (घुमुवा प्रहरी) नेतृत्व बिहिन अवस्थामा छ। सो स्थानमा रहेका असई सिताराम खतिवडा प्रहरी चौकी पदमपुर हाजीर भएसँगै खाली रहेको घुमुवा प्रमुखमा घलानले आफ्नो ईच्छामा पहिले नै टाँडी सौंराह क्षेत्रमा घुमुवाको रुपमा बदनाम कमाईसकेका असई भुवन अर्याललाई ल्याउने तयारी भईरहेको बुझिएको छ। इलाका प्रहरी कार्यालय टाँडीमा घुमुवा रहेका असई अर्याललाई लागुऔंषध कारोबारीबाट समेत रकम असुली गरेको आंशकामा तत्कालीन एसपी दान बहादुर मल्लले आम सर्बसाधरणको जनगुनासो बढेपछी कारागारमा थन्क्याईएका थिए। तिनै बदनाम असई अर्याल अहिले जिल्लाको घुमुवा प्रहरी ईन्चार्ज बन्न लागेको भन्दै प्रचारमा आएका हुन्। अनुसन्धानमा जिल्लामै अब्बल जुटपानी चौकीका ईन्चार्ज गगन शाहीलाई कारागार ल्याई हालसालै कारागारबाट जिल्ला ल्याई घुमुवाको जिम्बेवारी दिन लागीएका अर्याल घलानकै योजनामा जिल्ला ल्याईएको प्रहरी श्रोतको दाबी छ। अर्यालले पनि कारागार हुँदैदेखि अब जिल्लामा घुमुवा बन्दै छु भनि सार्बजनिक रुपमै भन्दै आएको र अहिले उनैलाई घुमुवाको जिम्मेवारी दिईन खोज्नुले चितवन प्रहरी भित्रको अपारदर्शी कार्यशैली र लाभको राजनिती उदाङ्गिएको जानकारहरु बताँउछन्।

घलानका बिरुद्ध उजुरीको थुप्रो

सई घलानको बिरुद्ध प्रहरी मुख्यालयमा उजुरीको थुप्रो लागेपनि उनलाई अहिलेसम्म खासै केही भएको छैन। प्रहरी सेवामा प्रबेश गरेदेखि नै चितवन र मकवानपुर जिल्ला भन्दा बाहिर जान नपरेका घलानले आफुबिरुद्धको उजुरीहरुलाई निस्तेज बनाउन तथा आफ्नो पक्षमा पार्न बागमति प्रदेश प्रहरी प्रशासन शाखामा समेत सेटिङ्ग मिलाएको प्रदेश प्रहरी निकट एक श्रोतको दाबी छ। केही दिन अघि प्रहरी मुख्यालयले जिल्ला प्रहरी कार्यालय अन्र्तगत प्रशासन शाखामा कार्यरत प्रहरी कर्मचारीहरुको नाम सहितको तिनपुस्ते माग गरेको र घलानको बिषयमा उजुरीको थुप्रो लाग्दै गएपछी सो को बिषयमा मुख्यालय गम्भिर बन्दै सुक्ष्म अध्ययन अघि बढाएको श्रोतले जानकारी दिएको छ। श्रोतका अनुसार श्रावण यता मात्र उनका बिरुद्ध ३ वटा उजुरी परेको र सो बिषयमा एआईजी हरि पाल समेत उनलाई कार्बाही गर्ने मनस्थितीमा पुगेको बुझिन्छ।

आवश्यक अनुसन्धान गरी कार्बाही गरेर छाड्छु : एसपी गुरुङ्ग

घलानको कार्यशैलीको कारण प्रहरी नायब उपरिक्षक समेत असन्तुष्ट बनेपछी एसपी नान्तीराज गुरुङ्ग घलानलाई कार्बाही गरी प्रशासनबाट हटाउने तयारी गरेको बुझिएको छ। हामीले कुरा गर्दा एसपी गुरुङ्गले घलानलाई काबार्ही गरी हटाएरै छाड्ने बताएका छन् । नागरिकतामा उमेर बढाएर प्रहरी जवान भर्ति भएका घलानले बिदा छाड्दा समेत कोसेलीपात मगाउने र कासेली नल्याउनेलाई पछी बिदा सिफारिस नगर्ने गरेको पिडीत प्रहरीहरुको असन्तुष्टिलाई सम्बोधन गर्न पनि एसपी गुरुङ्ग घलानलाई कार्बाही गर्ने मोडमा पुगेको बुझिन्छ। यसैबिच, घलानको बिषयमा कुरा गर्दा बागमति प्रदेश प्रहरी प्रमुखले समेत जिल्लाले सिफारिस गरी पठाएमा घलानलाई कार्बाही गर्ने बताए। उता प्रहरी प्रबक्ता एसएसपी कुबेरसिंह कडायतले समेत उजुरी थुप्रिदै बदनाम कमाएको अवस्थामा एउटै स्थानमा एउटै प्रहरी नराखिने जानकारी दिए। ईच्छाकामनान्युजबाट