नारायणी नदी छेउछाउमा फोहर फाल्ने कार्य अबिलम्ब रोकियोस ।

महानगरले तत्काल अन्यत्र बिकल्प खोज्नुपर्दछ ।

सुर्य बराल/चितवन/हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रबिन्दुमा रहेको नारायणी नदी किनार(पुलचोक देखि नारायणी दोभान)सम्म र नारायणी नदी भित्र रहेको टापुहरु(नगरबन र भगांलो)जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर बिर्सजन गर्न थालेको १४।१५ बर्ष भईसकेको यहाँका स्थानियहरु बताँउछन् ।
म यो क्षेत्रमा बसोबास गर्न थालेको १० बर्ष भईसकेको हिसाबले यस क्ष्ोत्रको पछील्ला घटनाक्रको स्वंय भुक्तभोगी र नजिकबाट जानकार हुनु स्वभाविक भईहाल्यो । पछील्लो समय महानगरले यहाँ नारायणी नदीमा बिना प्रशोधन फालिएको फोहरको कारण यो क्षेत्र दुर्गन्धित हुनुको साथै यस्को नकारात्मक असर मानब, बन्यजन्तु र जलचर प्राणीहरुलाई पर्दै गईरहेको बिषयमा मैले यस अघि नै पटक पटक बिभिन्न माध्यमबाट कलम चलाउनुको साथै बिरोध गर्दै आईरहेको छु । बिभिन्न मिडीयामा समाचार लेखेर, लेख लेखेर, युटुब र फेसबुकमा भिडियो हालेर साथै स्थानियस्तरमा जनचेतना अभिबृद्धि गरी स्थानियलाई सचेत र एकजुट बनाउन प्रत्यक्ष भुमिका खेलीरहेको छु यस्मा मलाई गर्ब छ ।
भरतपुर महानगरपालिकाका बिभिन्न छलफलमा, यस अघिका आदा दर्जन बढी प्रमुख प्रशासकीय अधिकृत, अन्य अधिकृत र महानगरको बाताबरण शाखाका प्रमुख लगाएतका कर्मचारीसँग मात्र होईन अहिलेका निर्वाचित संघिय र प्रदेशका सांसद, मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्यहरु लगाएतका सरोकारवालाहरुको बिचमा यो पबित्र नदी(गंगा)मा अब्यबस्थित रुपमा यसरी फोहर फाल्दा यस्ले तत्कालिन र दिर्घकालिन हिसाबले ठुलो नकारात्मक असर पर्छ नदीमा फोहर फाल्न बन्द गरौं भनिरहे र अझै यहि अनुरोध गर्दछु । मेरो कुरामा स्थानिय टोलबासी र यस ३ नं.को यो नारायणी तिर क्षेत्रका प्रायः बासिन्दाहरुको सहमत र सकारात्मक सहयोग नै मैले पाईरहेको छु
बिगत केहीबर्षदेखि हाम्रो टोल नजिकको नारायणी नदीमा फालिएको फोहर रोक्न हामी आफै लागीपर्यौ । हामी सबै जनाको बिचमा छलफल कुराहरु हुँदै महानगरबाट आउने फोहर रोक्ने योजना बन्यो । त्यस्को लागी हाम्रो तत्कालिन टोलले हामीलाई सहयोग गर्ने अवस्था थिएन । उनीहरु नै बिभिन्न लालच र स्वर्थमा लिप्त भई महानगरको फोहर यो ठाँउमा ल्याउने काममा लागीरहेका थिए । टोल बिनाका हामी स्थानियले कसरी फोहर रोक्ने भन्ने हामीलाई ठुलै सकस पर्यो । पछी मैले समाधानको लागी भरतपुर महानगर ल्याण्डफिल्ड साईट पिडीत संर्घष समिती बनाउने भनि प्रस्ताब गरे ।
टोलका साथीहरुले मलाई नै नेतृत्व गरिदिन अनुरोध गर्नुभयो । मैले म पेशागत रुपमा पत्रकारितामा भएकोले मैले कुनैपनि आन्दोलनको प्रत्यक्ष नेतृत्व गर्न सक्दिन तपाईहरुलाई डोर्याउन अघि बढाउन सक्छु तर केन्द्रिय वा स्थानिय सरकार बिरुद्ध हुने आन्दोलनको मैले नेतृत्व गर्न मेरो पेशागत धर्मले दिदैन बरु तपाईहरु मध्ये एकजना संयोजक र अरु सदस्य सहितको समिती बनाउ म सल्लाहाकारको रुपमा सक्रिय भुमिका निभाउनेछु भनि टोलबासीलाई कन्भिन्स गरे ।
अन्ततः् मैले सुझएअनुसार नै गर्ने निर्णय भयो र हामीले २०७५ बाट सक्रिय रुपमा थालेको यो अभियान उत्तम श्रेष्ठको संयोजक्तवमा ९ सदस्य रहनेगरी भरतपुर महानगर ल्याण्डफिल्ड साईट पिडीत संर्घष समिती गठन भयो । त्यो समितीले बर्षौंबाट यो क्षेत्रमा फोहर फालेबापत स्थानियलाई कुनै बिकास निर्माण र राहात नदिइएकोले क्षतिपुर्तिबापत यस क्षेत्रको बिकास सहितको १३ सुत्रिय माग राख्दै आन्दोलन शुरु गरियो । शुरुमा एक चरण आन्दोलन पश्चात हाम्रो टोलको भत्केको बाटोमा हामीले ३० टिपर जति नारायणीको ग्रयाभेल हाल्न सफल भयौं ।
पछी हामीले राखेका माग उपर महानगरको कुनै सकारात्मक प्रतिक्रिया आउन सकेन साथै हिजैको पुरानो प्रबृती दोहरिएपछी हामीले यसरी दुर्घन्धित बनाई नदी तथा समाज र वरीपरिको बाताबरण प्रदुषण हुने गरी फोहर फाल्ने अवस्थाको अब अन्त गर्नुहोस कि त हामीले उठाएका मागहरु सम्बोधन गर्ने लिखत प्रतिबद्धता सहित कार्यन्वयनमा लगियोस हैन भने बाताबरणमा प्रदुषण हुनेगरी, हामीले दुर्गन्ध सहनेगरी यहाँ फोहर फाल्न पाईदैन भनि बिरोध गरयौं ।
जव मेरो सल्लाह र दिशार्दिेशनमा स्थानिय बासीन्दाहरु आन्दोलनमा उत्रिए त्यस्को सबैभन्दा ठुलो घाटा यहाँका स्थानियलाई चुस्ने केही मानबरुपी जुका र महानगरपालिकामा बर्षौ बर्षदेखि एकै ठाँउमा रहि हालीमुहाली गरी करोडौ भष्ट्रचारमा सम्लग्न कमिशनखोरहरुलाई हुने भएपछी केही भाडाका गुण्डाहरु लगाई म माथी मेरो घरमै आक्रमण गराई तर्साउने दुस्प्रयत्न गरियो । ति भाडाका गुण्डाहरु कस्ले परिचालन गर्यो छर्लगं हुँदा हुँदैपनि अहिलेसम्म न त् आक्रमणकारीलाई प्रहरीले समाउन सकेको छ न त् आक्रमणको योजना बनाउने योजनाकारहरुलाई नै पक्रेर कार्बाही गरियो । यो मुख्यतः सत्तारुढ दलकै छत्रछाँया र राजनितीक रुपमा संरक्षित गुण्डाहरु भएको हुनाले चितवन प्रहरी यो घटनाको गहिराईमा गई अपराधीहरुको पहिचान गरी कार्बाही गर्नै चाहेन या असक्षमता दर्शाईरहेको हुनसक्छ ।
लगत्तै स्थानिय संर्घष समितीको नेतृत्वमा पुनं ः आन्दोलन भयोे, म माथीको आक्रमण पश्चात स्थानिय टोलबासी साथीहरु थप आक्रोशित भई महानगरबाट आउने फोहर रोक्ने कार्यमा लागे । महानगरले हामीलाई बार्तामा बोलायो, हामी बार्तामा सहभागी भयौं । हाम्रा १३ सुत्रिय मागहरु उपर छलफल भई लिखित प्रतिबद्धतासहित पुरा हुन्छन् भने अस्थायी रुपमा केही समय र्दुगन्ध सहेरै भएपनि महानगरलाई सहयोग गरी फोहर फाल्न दिने हाम्रो सल्लाह थियो । हामी महानगरमा मेयरकै च्याम्बरमा बार्तामा बस्यौं । जहाँ मेयर, उप मेयर, वडा अध्यक्ष, बाताबरण शाखाका ईन्जीनियर बिराट घिमिरे लगाएत हाम्रो टोलका हामी ७ जना सहितको संवाद चल्दै थियो ।
संवादमा उहाँहरु मौखिक आश्वासन भन्दा अघि नबढने बरु बल प्रयोग गर्ने आशायको अभिब्यक्ति आईसकेपछी हामी बार्ता भङ्ग गरी आन्दोलनमा उत्रियौं । हाम्रो एकता र शसक्त प्रतिरोध गर्ने चेतावनी पछी भरतपुर महानगरपालिका एकहदसम्म पछी हट्न बाध्य भयो । भोलीपल्ट बिहानबाट हाम्रो टोल छेउको नाराणीतिरमा फोहर आउन छाड्यो । हामी स्थानियबासी अब हाम्रो घर टोल स्वच्छ हुनेभयो भनि खुसी भयौं । आपसमा खुसी साट्यौ, फेरी पनि हामीलाई केही डर भने थियो सत्ता उन्मादमा अन्धो भएका सत्ताधारीहरु कुनैपनि बेला बल प्रयोग गरेर आउन सक्छन् । यत्रो देशको नेतृत्व गरेको पार्टी र महानगरको शक्तिको अगाडी हामी बत्तिका पुतली समान थियौं । किनकी हामीलाई महानगरका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत नेत्रराज सुबेदीले प्रहरी लगाएर भएपनि स्थानियलाई दमन गरेर भएपनि फोहर नारायणी मै फाल्नुको बिकल्प छैन भन्दै धम्क्याएका थिए । उनीहरुले हाम्रो टोलमा मनोबैज्ञानिक त्रास सिर्जना गर्न दुईचार पटक पुलिसका भ्यान समेत पठाएका थिए ।
त्यस्तै, नेकपाका अन्य केही नेता र महानगरका तर्फबाट समेत हामीलाई चौतर्फी दबाब थियो । कुनैपनि बेला दङ्गा प्रहरी या शसस्त्र प्रहरी समेत परिचालित गरी हामीलाई दबाउने अवस्था भने प्रबल थियो । यधपी हामी डराएनौं किनकी मैंले कुनै माध्यम मार्फत गृहमन्त्री राम बहादुर थापा बादल सम्म यहाँ दमन भएमा जनता प्रतिरोधमा उत्रन्छन र त्यँहा कुनै दुर्घटना भएमा जनता गृहप्रशासन प्रति आक्रोशित बन्ने अवस्था आउँछ । सानो झिल्कोले आन्दोलनको ठुलो रुप लिन सक्छ, त्यसैले कुनैपनि हालतमा स्थानियबिरुद्ध प्रहरी परिचालन गर्न हुँदैन भन्ने सन्देश गृहमन्त्रीका राजनितीक सल्लाहाकार सुर्य सुबेदी पथिक लगाएतका नेकपाका अन्य नेताहरुमार्फत गृहप्रशासनमा सन्देश पठाएको थिए ।
त्यस्तै, अनलाईन खबरका सुबास पण्डित, न्युज २४, लगाएतका स्थानिय,राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सञ्चारमाध्यमका पत्रकार साथीहरुले स्थानियको जायज माग र आवाजलाई थप प्रष्फुटित बनाई दमन बिरोधी आमजनमत सृजना गराउन सह्रानिय भुमिका खेलेका थिए । साथैै म आफै सञ्चारकर्ममा भएको नाताले स्थानिय तथा राष्ट्रिय मिडीयाहरुमा ब्यापक मात्रमा समचार प्रबाह गराईरहेको थिए, राजधानीका दर्जनौं अनलाईनमा समाचार छ्यापछ्याप्ती बनाएको थिए । त्यस्तै जिसस, सिडीयो अफिस, प्रहरीका हाकिमहरु सबैतिर हाम्रो पत्र र कुराहरु बुझाएको थिए । जस्ले गर्दा हामी निरिह जनताको अगाडी भयंकर रुप भएका बाघरुपी सत्तारुढ दल र महानगरपालिका प्रशासन पछाडी हट्न बाध्य भए ।
उनीहरु जनता जनार्दनको जुझारु एवं संगठित एकताको अगाडी झुक्न त् बाध्य भए तर बदलाको रुपमा यस क्षेत्रमा बिकास रोकिदिने भनि स्थानियलाई नेकपाका केही भुईफुट्टे ब्यक्तिहरुले धम्की दिए । आज उनीहरुको धम्कीलाई साकार रुप दिए जसरी हाम्रो यस ठाँउमा यो एक बर्षमा स्थानीय(वडा, महानगर), प्रदेश र संघिय कुनैपनि सरकारबाट एक रुपयाँ बजेट परेन पारिएन । हामीहरु धरै पटक वडा धाएपछि आर्थिक बर्षको अन्ततिर मध्य बर्षातमा लाजकाजले सडकका खाल्डो पुर्न भनि १७ ट्रिप ग्राभेल त्यो पनि आदा महिना लगाएर बल्ल बल्ल दिइयो ।
यो क्षेत्रका जनताको जीबनस्तर उकास्न महानगरले कुनै तालिम र कुनै कार्यक्रम ल्यााएन, न त् बिगतमा यस क्षेत्रमा थुपारिएको फोहरको कारण खानेपानी, बाताबरण र जनजीबनमा परेको नकारात्मक असरको बारेमा कुनै अध्ययन, अनुसन्धान, समिक्षा र याचना नै भयो । भयो त् केबल फोहर फाल्न अबरोध गरे बापतको बदला लिने कार्य । स्थानियलाई जागरुक बनाई फोहर फाल्न रोके बापत म माथी सांघतिक आक्रमण भयो । यो बिषयमा मैले बस्ती नजिकको नारायणी नदीतिरमा फोहर फाल्न हुन्न भन्दा म माथी भाडाका गुण्डाहरु लगाएर आक्रमण भयो ।
तर म माथीको आक्रमणलाई स्थानियले स्थानियमाथीकै हमलाको रुपमा लिई अझ शसक्त रुपमा फोहर फाल्न रोक्न लागीपरे जस्को कारण हाम्रो घर छेउको नारायणी नदीमा सदाको लागी फोहर फाल्न रोकियो । महानगर प्रशासन एकहदसम्म पछी हट्यो । यधपी महानगरले बर्षातमा भरतपुर वडा नम्बर ३ कै संसारीमाई टोल क्षेत्र नजिकको नारायणी नदी तिर र हिँउदमा हाम्रै टोलबाट नजिकको नारायणी नदीको बिच भङ्गालोमा फोहर फाल्ने कार्यलाई निरन्तरता दिईरह्यो । बिगतका कर्मचारीले जे गरे जनताको भोटबाट निर्वाचित जनप्रतिनिधीहरुले त्यो भन्दा बढी गर्नु त परै जावोस त्यति पनि गर्न नसकेको आम अनुभुति छ यहाँका स्थानीयलाई ।
गत केही महिना यता संसारीमाईका स्थानियले पनि आफ्नो बस्ती नजिक फोहर फाल्दा बस्तीमा दुर्गन्ध फैलिएको भन्दै महानगरलाई पत्र लेखि बिरोध जनाईरहेका छन् । स्थानीयको आन्दोलनमा हामीले समेत एक्यबद्धता र सर्मथन जनाईसकेका छौं । संसारीमाई टोलका स्थानियले बिरोध जनाई फोहर फाल्न रोकेपछी महानगरले फोहर बिसर्जनको लागी पुनंः हाम्रो बस्तीतिर आँखा लगाईरहेको देखियो । नारायणगढ भरतपुरमा केहिदिनदेखि फोहर नउठीरहेको परिपेक्ष्यमा मलाई भरतपुर महानगरका मेयर रेणु दाहालका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीको फोन आयो मैले फोन उठाए । अधिकारीले मेयरसाबले बोलाउनु भएको छ तुरुन्त महानगर आउनुपर्यो भनि खबर आयो ।
म तुरुन्त गए, म त्याहाँ गएपछी मेयरको क्याबिनमा मेयर, प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशी, बाताबरण शाखामा कार्यारत बिराट घिमीरे, ३ नं. वडाका वडाअध्यक्ष चन्द्रमित्र पण्डीत, महानगरको फोहरमैला उपसमितीका संयोजक तथा वडा नं. ५ का पदमपाणी शर्मा लगाएतका करिब एक दर्जन महानुभावहरु पहिलदेखि त्यँहा बसिरहनुभएको थियो । जानेबित्तिकै प्रमुख प्रशासकिय अधिकृतले ५ दिनदेखि बजारको फोहर नउठेको कारण दुर्गन्ध फैलिने अवस्था आयो यता संसारीमाईका स्थानियले फोहर फाल्न रोके तपाईहरुको स्थानमा फोहर फाल्न दिनपर्यो भन्ने कुरा राखे । त्यसैगरी बिराट घिमिरे, पदमपाणी सुबेदी, वडाअध्यक्ष पण्डित लगाएतले कुरा राखेपछी मेरो पारो तात्यो ।
त्यँहा बिकासको ललिपप पनि आयो अनि मैले भने के हाम्रो टोलमा मान्छे बस्दैनन् ? के त्यहाँ दुर्गन्ध हुने अनि हामीलाई बास्ना आउने हो र ? कि त्यहाँका मान्छे अनि हामी मान्छे होईनौ र ? हामीले एकबर्ष अघिदेखि हाम्रो टोल आसपासमा फोहर फाल्न रोकीसक्यौं, अब हामी कुनैपनि हालतमा यहाँ फोहर फाल्न दिन्नौ भने । सुनकै बाटो दिएपनि हामी र्दुगन्ध सहन सक्दैनौ अब भने । यो मेरो कुरा पनि हो र त्यँहाका स्थानियको कुरा पनि यहि हो भने । हामीले यस अघि नै धेरै दुर्गन्ध सह्यौं, बर्षौ बर्षबाट यो क्षेत्रमा फोहर फालियो, हाम्रो ठाँउलाई डम्पिङ्ग साईट बनाएर हामीलाई के भो ? महानगरले त्यो क्षेत्रको जनाताको लागी हिजो के गर्यो आज के गर्यो अब किन दिने ? हामी फोहर फाल्न दिन्नौ । वडा अध्यक्ष र बिराट जी बिचार गर्नुस तेतातिर फोहर फाल्ने कल्पनासम्म नगर्नुस, जर्बजस्ती फोहर फाल्ने दुस्प्रयास भयो भने पहिला तपाईहरुलाई जनाताले कालोमोसो र जुत्ताको मालाले स्वागत गर्नेछन भन्दै मैले हाम्रो टोल र नारायणी नदीतिरमा फोहर फाल्न दिन साफसँग ईन्कार गरेर त्यँहाबाट उठी हिडे ।
त्यँहाबाट सिधै टोलमा गई टोलका साथीहरुलाई बिषयबस्तुबारे जानकारी गराउनुका साथै सामाजिक सञ्जालमार्फत हामी माथी थोपरिन खोजेको फोहरको दुर्गन्ध र महानगरको शैलीको भण्डाफोर गरिरहे । त्यसपछी बाह्रघरे र संसारीमाईटोलको संयुक्त मिटीङ्ग बसि महानगरले जर्बजस्ती गरे शसक्त रुपमा प्रतिरोध गर्नेसम्मको छलफल चलाए । हामी ३ टोलका अध्यक्षहरुको पटक पटकको संयुक्त मिटीङ्गले तत्काललाई बजारको फोहर उठाउन दिने तर बिगतको झैं सधै यो ठाँउमा फोहर फाल्न नदिने निर्णय सहित महानगरलाई जानकारी दिई तत्कालिन समस्या समाधान गरियो । एक महिना बढी भईसक्यो फोहर संसारीमाई टोल क्षेत्र नजिकको नारायणी नदीतिरमा महानगरले पुनं. फोहर बिर्सजन गरिरहेको छ । तर अन्य बिकल्पमा अझै ठोस निर्णय गरेको देखिदैन् । स्थानियले बिरोध गरेपछी बिकल्पका ठुल्लठुलाा गफ गर्ने महानगरका कर्मचारीहरु समस्या समाधान भएसँगै फेरी निदाएको जस्तो देखिन्छ ।
अन्तमा म के भन्छु भने यत्रो बिशाल भरतपुर महानगरले यो पबित्र नारायाण्ी नदीतीर र आसपासमा फोहर फाल्ने कार्य कुनैपनि हिसाबले उचित छैन् । आज हामीले गरेको काम र निर्णयले आजमात्र होईन भोलीसम्म पर्ने नकारात्मक असरबारे महानगर नेतृत्व र कर्मचारीतन्त्र सचेत हुन जरुरी देखिन्छ । पिसाबको न्यानो खोज्ने प्रबृती सबर्था घातक हुन्छ, महानगरमा हिजोको नगरपालिका हुँदादेखि यो प्रबृती हावी छ । कर्मचारीतन्त्र जसरी हुन्छ तत्कालिन समस्या मात्र समाधान चाहान्छ, जस्ले दिर्घकालमा जे सुकै होस । यस बिषयमा महानगरको नेतृत्व र खासगरी राजनितीक नेतृत्वले गम्भिर रुपमा सोच्नुपर्दछ । जतिसक्दो चाँडो नारायाणी नदी प्रदुषित बनाउने कार्य अबिलम्ब रोकी फोहर बिर्सजनको बैकल्पिक स्थान र बैकल्पिक उपाय अपनाउनुपर्ने देखिन्छ । अन्यथा ईतिहासमा हामी फोहरमैलाको ब्यबस्थापनमा असक्षम ठहरिने छौं । बाँकी आफै सोच, बिचार र महसुस गरी निर्णय गर्नुहोस ।
(नोटः सुर्य बराल नारायणी दोभान टोल बिकास क्षेत्रको अध्यक्ष र नारायणी नदी संरक्षण अभियानमा निरन्तर सक्रिय हुनुहुन्छ । संं.)