पेट्रोलको ट्यांकर नदिमा,आगो बलिरहेकाले उद्दारमा कठिनाई

काठमाडौं/पेट्रोल बोक्ने एक ट्यांकर आज बिहानै त्रिसुली नदिमा खसेको छ ।

त्रिसुलीमा डुबेको उक्त ट्यांकरको माथिल्लो भागमात्र देखिएको गजुरी प्रहरीले जनाएको छ । ना ४ ख २८२२ नम्बरको ट्यांकर रहेको प्रहरी स्रोतले जनाएको छ ।

ट्यांकरमा आगो बलिरहेकाले उद्दारमा कठिनाई भइरहेको छ । ट्यांकरका ड्राइभर लगायत को को थिए हाल अहिले सम्म एकिन हुन सकेको छैन् ।