घुस लिंदै गर्दा चार प्रहरी पक्राऊ।

डिलकुमारि नेपाल/हेटौँडा साउन १३/सबै तिर अरुले घुष खाने गरेका चचा अाए तर पछिल्लो समय प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ पर्न थालेपछि प्रहरीले पनि प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको पाईन्छ ।यस्ता अभियान बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरु गरेकाे छ।
यसै क्रममा दिनदाडै घुस लिदै गरेको अवस्थामा मंगलबार एक जना प्रहरी हवल्दार सहित ४ जना प्रहरीलाई प्रहरीले नै पक्राउ गरिएकाे छ ।वागमती प्रदेश प्रहरी प्रमुख महानिरीक्षक बसन्त कुमार लामाको निर्देशनमा खटिएको अनुगमन टोलीले नयां काम सडकमा चेकजाँचका क्रममा प्रलोभनमा परेर रकम माग्ने ४ जना प्रहरीलाई पक्राउ गरेको हाे।
घुस लिदै गर्दा पक्राउ पर्नेमा प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर,जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर ईलाका प्रहरी कार्यालय मनहरी र ईलाका प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत ४ जना प्रहरीलाई सवारी चालकसंग विभिन्न वहानामा रकम मागि लिएको भेटिएपछि नियन्त्रणमा लिएको छ। यस्ता फटाई पुलिस पक्राउ पर्नेहरुमा हेटौँडा–१५ रातोमाटे पोष्टमा कार्यरत र ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत २ जना ट्राफिक प्रहरी रहेका छन भने ईलाका प्रहरी कार्यालय रामनगर चितवन र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत २ जना प्रहरी रहेका समातिएका हुन्। पक्राउ परेका माथि आवश्यक अनुसन्धान र कारवाहि प्रक्रिया अगाडि बढाइएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक सुदिप गिरीले जानकारि दिनु भयाे ।