कोरोना संकटको कारण अमेरिकामा डाक्टरहरुको तलब कटौती, नर्सहरु बेरोजगार बनिरहेका

एजेन्सी,जेष्ठ१३/विश्वकै सबै भन्दा धनी र शक्तिशाली देश अमेरीका कोरोना भाईरसको समेत समेत सबै भन्दा ठूलो केन्द्र बनेको छ । करीब एक लाख मानिसहरुको मृत्यु भईसकेको छ भने १७ लाख बढी मानिसहरु संक्रमित छन् ।
यति धेरै महामारीमा खटिरहेका त्यही धनी देशका डाक्टरहरुको तलब कटौती भईरहेको छ र नर्सहरु बेरोजगार बनिरहेका छन् भन्ने समाचार अचम्म लाग्न सक्छ ।
तर यो कथा हैन बास्तविकता हो ।
कतिपय ईलाकामा नर्सहरुको कमी हुनुका बाबजुद पनि हजारौ नर्सलाई विना तलब घरमा बिदामा बस्न भनिएको र डाक्टरहरुको चाहीँ तलब घटाईएको बिबिसीले उल्लेख गरेको छ ।
यो समस्या अमेरीकाको स्वास्थ्यमा ठूलो निजीकरणको समस्याले गर्दा उत्पन्न भएधको बताईएको छ । निजी मेडिकल कम्पनीहरुले आफ्नो लागत घटाउन डाक्टरको तलब कटौती र नर्सलाई बेतलवी बिदा दिए पछि महामारीमा जोखिम मोलेर काम गरीरहेका स्वास्थ्यकर्मी थप समस्यामा परेका हुन् ।

एक जना नर्स मारिया बक्सटोनले यो समयमा नर्सहरुलाई हिरो भनिरहेको सुन्छु , तर मलाई कुनै हिरो भएको अनुभूमित हुदैन किन भने मैले आफ्नो काम गर्न पाएकी छैन ।
खास गरी निजी अस्पतालहरुमा एमरजेन्सी बाहेकका सबै सेवाहरु प्राय बन्द भएको र घाटामा गएकाले नर्सहरुले कामबाट हात धुनु परीरहेको हो ।
“ मानिसहरु मलाई नर्स भएका कारणले तिमी कहिल्यै बेरोजगार हुनु पर्ने छैन भन्थे । तर अहिले म केवल ४० बर्षको उमेरमा बेरोजगार भँए । कठिनाईको सामना गर्नु परेको छ । जीवनमा पहिलो पटक काम नभएर बेरोजगार हुनु परेको छ ” । मारियाले भनिन् ।

बक्सटोनमा उनी काम गर्ने गर्थिन् । उनले महामारीबाट बच्न एमरजेन्सी बाहेकका सेवा बन्द भएको, पहिले तय भएका अप्रेसनहरु रोकिएको, रामान्य बिरामी नलिने गरेका कारण अस्पतालहरु घाटामा गएको बताएकी छन् ।

डा. सायना पाक्र्स भन्छिन्, “अप्रीलमा मेरा लागि एक सय २० घण्टा ड्युटी गर्नु पर्ने थियो तर मार्च आधा उधीमै मेरो सारा कामको सेड्युल काटिएको रहेछ , मलाई न ईमेल गरियो , न फोन गरीयो , यो सब दुखःले भरिपूर्ण आभाष हो । ”
डां पाक्र्स मिसिगनमा रहेर ओहायो र ओक्लाहोमामा ईमरजेन्सी मेडिसिन स्पेसलिष्टको रुपमा काम गर्दै आएकी छन् ।
धेरै जसो बिरामीहरु अस्पलता आउन चाहिरहेका छैनन् किन भने उनीहरुलाई कोरोना संक्रमणको त्रास छ । त्यसैले आफूहरुलाई जति बिरामी आयो त्यति नै घण्टाका हिशाबले पैसा दिने भएका कारणले यस्तो समस्या आएको भन्दै अब आफूले बेरोजगार सूचीका लागि फारम भर्ने सोचीरहेको बताईन् । त्यसबाट आउने सुविधाले पढ्दा खेरीको रिण तिर्न सकिन्छ कि भन्ने डा। पाक्र्सले सोचेकी छन् ।
वरमोटको एक अस्पतालका सिईिओ क्लाडियो फोर्टले उनको अस्पतालको कमाई ६० प्रतिशतले रातारात घटेको भन्दै हरेक महिना ८४ लाख डलर घाटा भईरहेको दाबी गरेका छन् ।
यसै कारण एक सय ५० जना नर्स तथा डाक्टरलाई केही काम दिने वा वेतलवी विदामा छुट्टी दिएको उनले बताए ।
अहिले महामारी पछि संघीय सरकारबाट ५४ लाख डलर अनुदान लिएको यस अस्पतालले अझै घाटा पूर्ति नभएको दाबी गरेको छ ।
कोलोराडोमा रहने एक जना डाक्टर डा। जेन जेनबले अमेरीकामा चिकित्सा क्षेत्रमा यो समस्या आउनुको मुख्य कारण स्वास्थ्य क्षेत्र धन्दा वा व्यापारको रुपमा स्थापित गरिएकाले हो , पहिला यस्तो समस्या थिएन उनले भने ।
डा.जेनब भन्छन्, यी निजी घरानीया अस्पतालहरु कम खर्चमा सञ्चालन गरेर मुनाफा कायम राख्न चाहन्छन, उनीहरुलाई बिरामीको हैन , नाफाको चिन्ता छ । ”
अमेरीकामा चिकित्सा सेवा ठूलो ब्यापारको माध्यम बनेकाले डाक्टर नर्स बेरोजगार हुने मात्र हैन स्वयं जनताले महगो शुल्क तिुर्नु पर्ने र धान्न नसक्ने दिशातिर गईरहेको छ , बिबिसीमा प्रकाशित रिपोर्टमा भनिएको छ ।