भरतपुर अस्पतालमा एक पुरूषको मृत्यु

१२ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक पुरुष बिरामीको मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका ति पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

निमोनियाले ति बिरामीको ग्रस्त कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईस्युमा मृत्यु भएको अस्पताल श्रोले बताएको छ ।

बिरामीमा कोरोना संक्रमण परीक्षण नगएिकाले केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी भईरहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।