भारतबाट ५ हजार नेपाली भित्रिए : कोराना संक्रिमित अझै बढ्ने ।

लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् ।

भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् ।
स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ।