तनहुँमा पनि मदन–आश्रित स्मृति दिवस मनाईयो ।

वि वि श्रेष्ठ/दमौली,तनहुँ/जननेता मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा तनहुँमा पनि २७ औ
मदन–आश्रित स्मृर्ति दिवस मनाईयो । नेपाल कम्युनिष्ट पार्टी व्यास नगर कमिटीको
आयोजनामा नेपाल कम्युनिष्ट पार्टी तनहुँको दमौलीमा कमिटीको अध्यक्ष
श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । जननेता मदन भण्डारीको विचारको
प्रवाहमा विश्व अनि नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन अगाडी
वढेको साथै राष्ट्रियता र जनजिविकाको पक्षमा मदन भण्डारीको सुस्पष्ट अडान रहेको चर्चा
गरिएको थियो । विश्व आन्दोलनमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्नका लागी मदन
आश्रितको महत्वपुर्ण भुमिका रहेको कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट
पार्टीका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले वताउनुभयो ।
राष्ट्रवादी अडान, सरल र शुद्ध जीवनशैली वोकेको मदन–आश्रितको राजनैतिक
भुमिकालाई अनुसरण गर्दे उहाँहरुले देख्नुभएको सपनालाई पुरा गर्न आम
कार्यकर्ताहरु जागरुक हुनुपर्ने वताउनुभयो । विश्वले नै मदन आश्रितको भुमिकालाई
सम्मान गरेको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले देश र जनताको
वाँकी कार्यभार पुरा गर्न लाग्नुपर्ने केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले वताउनुभयो ।
मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनाको छानविनका लागी अहिलेको सरकार
लाग्नुपर्ने वताउनुहुदै जिल्ला सचिव राजेन्द्र केशरी न्यौपानेले लामो समयसम्म पनि
दासढुगा दुर्घटनाको कारण पत्ता नलाग्नुले स्वः मदन–आश्रित प्रति अन्याय भएको
वताउनुभयो । जननेताद्धयको दृर्घटना को वारेमा सत्यतथ्य पत्ता लगाउनु कम्युनिष्ट
सरकारको पहिलो कर्तव्य रहेको वताउनुहुदै अहिलेसम्म धेरै कम्युनिष्ट सरकार वनेर पनि
परिणाम नआउनु दुखद भएको सचिव न्यौपानेले वताउनुभयो ।
अहिलेको नेपालका राजनैतिक मदन आश्रितको विचार वाट नै अगाडी वढेको हुदाँ
उनिहरुद्धारा प्रतिपादन गरेको जनताको वहुदलिय जनवाद नै नेपाल कम्युनिष्ट पार्टीले
अंगिकार गरि अगाडी वढ्नुपर्ने नेकपा गण्डकी प्रदेश कमिटी सदस्य शंकरनारायण
श्रेष्ठले वताउनुभयो । भौतिक शरिर नरहे पनि विचार कहिल्यै नमर्ने वताउनुभएको भएको