राहत वितरणमा अनियमितताःचितवनको कालिका नगरपालिकामा निर्णय २० केजीको, वितरण १० केजी

शिशिर सिंखडा,१० वैशाख, चितवन /चितवनको कालिका नगरपालिकामा राहत वितरणमा अनियमितता भएको छ । नगरपालिकाले निर्णय विपरित आफूखुसी राहत वितरण गरिएपछि अनियमितताको पुष्टि भएको हो ।
नगरपालिकाले सानो परिवारलाई १० केजी चामलसँगै नुन, दाल, तेल दिने र ठूलो परिवारकोलाई २० केजी चामल दिने निर्णय गरेको भएपनि त्यसो नगरी राहात बितरण गरिएको पाईएको छ ।
नगरपालिकाको वडा नम्बर ११ सिद्धिका अधिकांश चेपाङहरुले १० केजी मात्रै चामल पाएका छन् । त्यहाँका चेपाङहरुको परिवारमा ६ देखि माथि १२ जना सम्मको ठूलो परिवार हुन्छ । वडाले २० केजी पाउने भन्दै नामावली संकलन गरेको भएपनि आफुहरुले १० केजी मात्रै चामल पाएको स्थानीयको गुनासो छ । वडा नम्बर ११ मा सुरुमा २ सय २० जना राहात पाउन योग्य रहेको भएपनि हाल कतिलाई वितरण गरियो भन्ने कुनै विवरण छैन । यस बिषयमा उक्त वडाका वडाध्यक्ष दामाराम चेपाङले प्रोफाइलमा ३ सय २७ घरधुरी भएपनि यहाँ ४ सय २७ घरधुरी रहेका कारण मिलाएर बाँडेको बताए ।
सुरुमा आफ्नो नाम र नागरिकताको फोटोकपी लगेको भएपनि पछि छिमेकीले पाएको २० केजी चामल बाढेर खान परेको स्थानीय सानु माया चेपाङको गुनासो छ । यसरी नामावली संकलन गर्नु र पछि छिमेकीले पाएको राहत आधा आधा बाँढेर खानु परेको भन्दै यहाँका स्थानीयले पटक पटक गुनासो गरेका थिए ।चितवनको भरतपुर कोरोना परीक्षण प्रयोगशालामा कीट अभाव भएको छ । आरटी पीसीआर मेसिनबाट कोरोना परीक्षण हुँदै आइरहेको भरतपुरमा आइतबार बेलुकीेदेखि कीट अभाव भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिनु भयो ।
उहाँले संघीय सरकारसंग कीट माग गरी सकिएको बताउनु भयो । ‘कीट माग गरि सकेका छौं, भोलिसम्ममा आउँछ की भन्ने विश्वास छ ।’ तत्कालका लागि केही कीट हेटौंडाबाट आजै मगाइएको उहाँले बताउनु भयो । उनले चितवनमा ¥यापिड डाइग्नोष्टिक टेस्ट कीट समेत अभाव रहेको उहाँले जानकारी दिनु भयो ।
भरतपुर कोरोना परीक्षण प्रयोगशाला हाल भरतपुर अस्पतालको मातहतमा संचालनमा छ । अध्यक्ष डा.अधिकारीले अहिले पनि केही व्यक्तिहरु कोरोना परीक्षण गर्नका लागि अस्पताल आएको बताउनु भयो । उहाँले क्वारेन्टाइनमा बस्न सल्लाह दिँदै तत्कालका लागि केहीलाई घर नै पठाइकोे बताउनु भयो ।