महँगी ६.७ प्रतिशतले बढ्यो

काठमाडौं /गत फागुनमा महँगी ६.७० प्रतिशतले बढेको प्रतिवेदन केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगींं) ६.७० प्रतिशत छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत थियो । सो महिनामा खाद्य तथा पेय पदार्थ समूहको ९.३३ प्रतिशत र गैर –खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।