उद्योग वाणिज्य सङ्घ चितवनको ५३ औँ साधारणसभा एवं अधिवेशन शुरू : नेकपा सरकारको कर नीति ब्यवसायी मारा

चितवन /उद्योग वाणिज्य सङ्घ चितवनको ५३ औँ साधारणसभा एवं अधिवेशन आज बाट शुरू भएको छ । अधिवेशनको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन । उनले आन्तरिक लगानीलाई आकर्षित नगरेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । उद्घाटन गर्दै उनले आन्तरिक लगानीलाई आकर्षित र व्यवस्थापन नगरी बाह्य लगानी जति ल्याए पनि त्यो मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । बाह्य लगानी आउनेतिर आकर्षण बढेको भन्दै उनले लगानीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए।
यता कार्यक्रममा बोल्दै नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ब्यवसायीको हितलाई छोडेर नेताको चाकडी नगर्न चितवनका उद्योगी ब्यवसायीलाई आग्रह गरेका छन । उनले कम्युनिस्ट सरकारले ब्यवसायीमाथी अस्वभाबिक कर लगाएको भन्दै व्यवसायीले त्यसको बिरोध गर्न छाडेको आरोप लगाएका छन । ‘ ब्यवसायीको ढाड सेक्ने गरी अस्वभाबिक ढङ्गबाट बढाईएको करको उवासंघले विरोध गर्न किन सक्दैन ’ श्रेष्ठले भने ‘ ब्यवसायी हितमा बोल्ने हिम्मत छ कि छैन ?’ ।
सभापति श्रेष्ठले महानगरले बढाएको करका विरुद्धमा बोल्न डराएको भन्दै उबासङ्घ चितवनको आलोचना समेत गरेका छन । उनले काग्रेस सहमतिको बाधक नभएको भन्दै अंध्यारो बन्द कोठामा गोला तानेर ब्यवसायीको हित नहुने बताएका । ब्यवसायी कमाई नभएर भाडा नतिर्ने अवस्थामा पुगेको भन्दै वर्तमान सरकार भरतपुर महानगरको करनितिको खुलेर बिरोध गरे । पक्षमा बताउदैआफुहरु रहेको सहमतिकै पक्षमा रहेको तर गोला प्रथाको विरोधी रहेको बताए । ‘