खिचरामा कौशलले झुमाए दर्शक, डान्स आइडलमा १२ जना छनौट

चितवन/पुस २८/चितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज दोस्रो दिन चर्चित गायक अर्जुन कौशलले दर्शकलाई झुमाएका छन् ।
खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम
अन्तरगत आज चर्चित गायक कौशलले प्रस्तुती दिएका हुन् । उनले थुप्रै चर्चित गीत प्रस्तुत गरेका थिए । यस्तै आज स्थानीय कलाकाहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो भने थारु समुदायको नृत्य समेत प्रस्तुत गरिएको थियो ।
महोत्सव अन्तरगत भोलि (मंगलबार) चर्चित गायक प्रकाश सपुतको
प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी
दिए । उनको गलबन्दी च्यातियो, बोल मायालगायतका चर्चित
गीतहरु रहेका छन् । यस्तै नेपाल लोकतारामा उत्कृष्ट प्रस्तुती दिएकी
चितवनकी चेली मुना अर्यालको समेत प्रस्तुती रहेको छ ।
भोलिको साँस्कृतिक कार्यक्रमलाई मिस इन्टरनेशनल नेपाल वर्षा
लेखीले संचालन गर्नेछिन् ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा
भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु
समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि
‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवलेखिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि
चौधरीले बताए ।
महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको
साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष
१५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने
आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर
विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको छ ।
चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ
खिचरा डान्स आइडलमा १२ प्रतियोगी छनौट
खैरहनीमा जारी सातौं खिचरा महोत्सव–२०७६ अन्तरगत भइरहेको
‘खिचरा डान्स आइडल’ मा १२ जना प्रतियोगी तेस्रो चरणमा प्रवेश
गरेको छ । खिचरा महोत्सवमा आज भएको प्रतिस्र्धामा ८ जना प्रतियोगीलाई पछि पार्दै १२ जना तेस्रो चरणमा प्रवेश गरेको हो । छनौट हुनेहरु
रविना श्रेष्ठ, खुशी सुवेदी, एके ४७ ग्रुप, आशिष चौधरी, मञ्जिता
आले, जेनिशा प्रजा रहेका छन् । यस्तै मनिका तामाङ, दिपिका चौधरी,
स्मृती भण्डारी, सारिका पुन, दर्शना गान्धारी र अभिषेक चौधरी
रहेका छन् ।
छनौट भएका १२ जनाबीच प्रतियोगीको माघ २ गते महोत्सवमा
प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी
दिए । सो प्रतिस्पर्धाबाट अन्तिम पाँच जना छनौट गरिने छ । माघ ४
गते हुने पाँच जना प्रतिस्पर्धा पश्चात ती प्रतियोगीहरुको भोटिङ सुरु
हुनेछ । भोटिङकै आधारमा विजेता छनौट हुने संयोजक चौधरीले
बताए ।