उवासंघ चितवनमा गोलाप्रथाको विरुद्ध भोट माग्दै शाक्य ।

नवराज ढकाल/चितवन/उद्योग वाणिज्य संघ चितवनमा गोलाप्रथाद्वारा अध्यक्ष पदका लागि राजु श्रेष्ठलाई चयन गर्ने कामले विवाद चर्किएपछि नारायणगढमा लामो समय देखि व्यवसाय गरेर बसेका प्रतिष्ठित व्यवसायी ज्ञानेन्द्रमान शाक्य अध्यक्षमा भिडन्त गर्न मैदानमा उत्रिएका छन् । अघिल्लो कार्यकालमा समेत अध्यक्षमा उमेदवारी घोषणा गर्दै आएका शाक्यले यसपाली भने अधिवेशनको सन्निकटमा उमेदवारी घोषणा गरेका हुन् । गोलाप्रथा अस्वीकार्य रहेको भन्दै शाक्य व्यवसायीहरु को बीचमा भोट माग्दै हिडेका छन् । वरिष्ठ उपाध्यक्ष रहेका चुननारायण श्रेष्ठलाई गोलाप्रथाको नाटक गरी सुताएका
गुण्डागर्दी छबिका राजु श्रेष्ठले सहमतिको नाममा प्रजातान्त्रिक प्रकृया अवरुद्ध गर्नेगरी भएको गोला प्रथा को बिरुद्ध शाक्य मैदानमा उत्रिएसँगै व्यवसायीहरु भने उत्साहित भएका हुन् ।
अध्यक्षका दुई प्रत्यासी सहित ब्यबसायीहरु प्यानल नै बनाएर मैदानमा भिडीरहेका छन् । एक वरिष्ठ, ३ उपाध्यक्ष र ६ जना सदस्य निरविरोध चयन भएको उबासंघमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित चुननारायण श्रेष्ठ सहित सुमन श्रेष्ठ र उपाध्यक्ष भोजराज कौडालले अध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्रमान शाक्यको पक्षमा समर्थन गरेका छन् । त्यस्तै अन्य केही निर्विरोध निर्वाचित ज्ञानेन्द्रमानलाई सर्मथन गरेका छन् ।
यो अवस्था सँगै ज्ञानेन्द्रमान शाक्यको पक्षमा व्यवसायीको समर्थन बढदै जाँदा चुनावी माहोल शाक्यको पक्षमा ढल्किएको हो ।
गोलाप्रथाको नौटंकी बाट अध्यक्ष पद हत्याउने सपना देखेका श्रेष्ठको विवादित पृषठभूमि र नेकपा सरकारको ब्यबसायी विरोधी कर नीतिको कारणपनि ज्ञानेन्द्रमान शाक्यको जीत सुनिश्चित भइसकेको नारायणघाट का एक ब्यावसायी ले बताएका छन् । व्यवसायीले कसलाई जिताउँछन् त्यो केहीदिपछि नै देखिने नै छ ।