मकवानपुर प्रहरीले ६० विघा गाँजा र ५० विघा अफिम नष्ट गर्यो।

मकवानपुर प्रहरीले ६० विघा गाँजा र ५० विघा अफिम नष्ट गरेको छ ।  प्रहरीले चितवन र धादिगंसँग सिमा जोडिएको मकवानपुरको उत्तरपश्चिममा अवस्थित बिकट राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा तथा अफिम खेती फँडानी गरि नष्ट गरेको हो।

जिल्ला प्रहरीले कार्यालयले दोस्रो चरण कार्यअन्तर्गत्को छैटौं टोलीले पुस ६ गतेदेखि २० गतेसम्म अवैध लागु औंषध गाँजा तथा अफिम खेती नष्ट गर्न प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा ७८ जनाको टोली खटाएर गाँजा ६० विघा १० कठ्ठा र अफिम ५० विघा ६ कठ्ठा फँडानी गरेको हो ।

राक्सिराङ गापा–४ को ज्यामुङ र डन्डुटार, राक्सिराङ गापा–१ को सानोभावर सुनारी, सौराहा, गापा–४ को देवीटार, वडा–५ को रानीवाङ, गापा–६ को माकदमार, वडा–१ को ठुलोभावर, वडा–२ को सिम्किम र बटार, वडा–४ को विभिन्न एरियामा लगाइएका गाँजा तथा अफिम फँडानी गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।