वागीश्वरी आध्यात्मिक परिषद्मा पियाको नेतृत्व


चितवन, १२ चैत/ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको वागीश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रमको छैठौं केन्द्रीय विशेष महाधिवेशनले शैलेन्द्र कुमार पियाको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबारदेखि सुरु भएको साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्दै मंगलबार सकिएको हो । समितिको प्रथम उपाध्यक्षमा ईश्वरी प्रसाद खराल, द्वितीय उपाध्यक्षमा रामप्रसाद वस्ती, महासचिवमा भोजराज भट्टराई, सचिव द्वयमा खिमलाल भट्ट र दुर्गालाल पन्त, कोषाध्यक्षमा ममता शर्मा न्यौपाने, सहकोषाध्यक्षमा कमलबहादुर मल्ल चयन भएका छन् ।

अधिवेशनले १४ जना सदस्य सहित २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यस्तै, वागीश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रमको सल्लाहकार समितिमा शान्तप्रसाद पोखरेल, ऋषिराज पाण्डे, टंकनाथ पौडेल, खिमलाल भण्डारी, जयराम श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, उमाशंकर अग्रवाल चयन गरिएको छ ।

सोमबार नै अधिवेशन सम्पन्न गर्ने भनिएको भएपनि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउने तयारीका कारण अधिवेशन एक दिन ढिला सकिएको हो ।