विप्लव समूहद्वारा प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास

 एक पक्राउ

कालीकोट । कालीकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार खाँडाचक्र नगरपालिका–५ मोल्फस्थित राता डाबमा एसईई परीक्षा सुरक्षाका लागि खटिएको प्रहरी भ्यानमाथि विष्फोटक पदार्थ प्रहार गरिएको हो ।

विष्फोटबाट प्रहरी भ्यानमा क्षति भने नभएको प्रवक्ता सुवेदीले बताए । प्रहरीले घटनामा संलग्न विप्लव समूहका एकजना कार्यकर्ता तिलागुफा नगरपालिका–६ बस्ने ३४ वर्षीय धनराज शाहीलाई पक्राउ गरेको छ । उनको साथबाट जिलेटीन ३२ थान, ईलेक्ट्रीक डेडकड १ थान, गन्धक बारुद १ केजी र डेडकड ३ मिटर बरामद भएको छ । पक्राउ परेका शाहीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।