जनपत्रकार सङ्गठनको केन्द्रिय बैठक कपिलवस्तुमा बस्दै

कपिलवस्तु/जनपत्रकार संगठन नेपालको चौथो पूर्ण बैठक हिजो सोमवार विहान ११ बजेबाट कपिलबस्तुमा बस्दै छ ।

नेकपाको पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा जनपक्षीय पत्रकारहरुको सङ्गठन जनपत्रकार सङ्गठनको चौथो पूर्ण बैठक बसैरहेको हो ।

बैठकलाई नेकपाका महासचिव विप्लव सीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । बैठकमा सबै केन्द्रिय सदस्यहरुले सोमबार नै रिपोर्टिङ गर्ने काम भैसकेको छ।
बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा जनपत्रकार संगठन नेपालका फ्याक्सन इन्चार्ज अनिल सीको समेत सहभागिता रहेको छ ।

बैठकबाट पत्रकार संगठनले गर्ने आगामी कामहरु,पत्रकार महासंघसंग सम्वन्धि नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरणमा देखिएको विवाद र चुनावी कामहरुका विषयममा महत्वपूर्ण निर्णय हुने बताईएको छ ।
नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरण र नविकरणमा आफ्नो संगठनलाई उपेक्षा गरेको जनपत्रकार संगठनको बुझाई छ ।