पट्का मालिक चक्र बहादुर प्रहरीलाई चक्मा दिदैं सक्रिय !

चितवन/नेपालका अधिंकास शहर बजारमा बारुद्धजन्य विष्फोटक पर्दाथ पट्काको सप्लाई गर्ने गिरोहको मुख्य नाईके चक्र बहादुर कुँवर प्रहरीलाई चक्मा दिदै चितवनमा खुलेआम पट्काको बिक्री बिरतरण र सप्लाईमा सक्रिय रहेको पाईएको छ ।
चक्रबहादुर लगाएतका तस्करहरुको गिरोहले तिहार र छठ पर्वको पुर्बसन्ध्यामा जिल्लामा ठूलो पैमानामा पट्का भित्रिएका भएपनि प्रहरी प्रशासन भने बेखबर देखिएको हो ।
चक्र बहादुर लगाएतका तस्करहरुले बिरंगञ्ज, र पश्चिम नवलपरासीका केही सिमानाकाबाट ठूलो मात्रमा विष्फोटक पदाथ पट्का ल्याई चितवन, पोखरा, तनहुँ, गोर्खा लम्जुङ्ग, नवलपुर, राजधानी काठमाण्डौं र आसपासका दर्जनौं जिल्लामा पट्का सप्लाई गरिरेको भएपनि प्रहरी बेखबर जस्तै बनेको हो । चक्रबहादुरको एक खेप माल राजस्व अनुसन्धानले सुराकको आधारमा प्रहरी लगाई हेटौंडाको रातामाटेबाट केहीसमय अघि पक्राउ परेको खुल्नमा आएको छ ।
भण्डाफोर अभियानलाई एक गोप्य श्रोतले दिएको जानकारी अनुसार चक्र बहादुरले प्रहरी लगाएतका सबै खाले सेटिङ्ग मिलाएर गुपचुपमै करोडौंको अबैध धन्धा सञचालनमा ल्याएको र उनी अहिले पनि कहिले चितवन कृष्णपुरस्थित जेठि श्रृमति त कहिले तनहँको डुम्रेस्थित कान्छी श्रृमतीकोमा रहने गरेको श्रोतलेजानकारी दिएको छ ।
चक्र बहादुरलाई पक्रिएको खण्डमा चितवन लगाएतका नेपालका मुख्य शहरहमा भित्रिएका पट्काका गोदामहरु छापा हान्न सकिने पनि श्रोतले जानकारी दिएको छ । यसैबिच चक्रबहादुर सँग सम्पर्क गर्न खोज्दा उनको मोबाईल स्विच अफ रहेको छ ।
चितवनमा छ्यापछ्याप्ती पट्का
चितवनको भरतपुर र पूबी चितवनका बिभिन्न स्थानका गोदाममा लुकाई राखेको भएपनि प्रहरी भने बेखबर बनेको हो ।
खुला सीमानाकाको फाइदा उठाउँदै तस्करहरुले पर्सा जिल्लासँग सिमा जोडिएका भारतीय बजारहरु रक्सौंल, भिस्वा, भिखनाठोरी, त्यस्तै पश्चिम नवलपरासीसँग सिमा जोडिएको भारतीय बजार ठुटीबारीबाट ठूलो मात्रमा गैरकानूनी रुपमा ल्याई चितवनको पुर्ब पश्चिम राजमार्ग छेउछाउका बजारमा पटका भित्र्याएका हुन् ।
प्रहरी र प्रशासन कार्यालयले (तिहार)दीपावलीको समयमा पटाका जज्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने यस्ता पटाकाको कारण आतङ्क नै सिर्जना हुने गर्दछ ।
अघिल्ला बर्षहरुमा झैं तस्करहरुले प्रहरीका केही पात्रहरुलाई हातमा लिई ब्यापक मात्रमा पट्का भित्र्याईरहेको श्रोतको दाबी छ । भण्डाफोरलाई श्रोतले दिएको जानकारी अनुसार पुर्बी चितवनको टाँडी पर्सा आसपास र भरतपुरको गोन्द्राङ्ग यता पुलचोकसम्मका एकदर्जन गोदाममा पट्का भित्रीसकेको र यो सबै प्रहरी सेटिङ्गमै भएको हो । प्रहरीका घुमुवाहरुको तिनै तस्करहरुसँग उठबस हुने गर्दछ अनि उनीहरुको गतिबिधी थाहा हुँुदैन र ? एक गोप्य श्रोतले भन्यो ।
श्रोतले भन्यो यस अघिका बर्षहरुमा हाकीमसम्मलाई मिलाउने जिम्मा घुमुवालाई हुन्थ्यो, चौ.की ईन्चार्ज र हाकीमको नाममा रकम जाने गर्दथ्यो, उनीहरुले निर्वाद पट्का बेच्दथे अब कुरा बुझ्नुस ।
श्रोतका अनुसार यस बर्ष पनि पुरानैं तस्करहरु सहित केही नयाँहरुले पनि काम शुरु गरेका छन् । अब उनीहरुले प्रहरी नमिलाई त् रिक्समा पक्कै काम गरेनन् होला । लाखौं रकम बारुद्धमा बिना सेक्युरिटी कोही किन कसरी लगाउछ ? त्यो पनि ईलिगल धन्धामा । पक्कै मिलेमतो भएको छ नत्र प्रहरीले पक्रन सक्दैंन र श्रोतले ठोकुवाका साथ भन्यो ।
श्रोतका अनुसार घुमुवाले नै सेटिङ्ग गरे पनि जिल्लाका एसपीलाई भने गुमराहमा राखिएको हुनसक्छ तर दह्रो सेटिङ्ग छ । आईसी ६० लाख बराबरको पट्का
यसैबिच यस बिषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पटाकाजन्य विष्फोटक पदार्थको प्रयोग तथा बिक्री वितरण नियन्त्रणमा प्रहरीले सक्दो प्रयास गरिरहेको बताए ।
चाडपर्वका बेला आउने पटाकाजन्य विष्फोटक पदार्थ ओसारपसार, भण्डार, बिक्रिबितरणमा सम्लग्न वासहयोग गर्ने जो कसैलाई पनि नछाडिने रउनीहरुलाई विष्फोटक पदार्थ सम्बन्धी ऐन अनुसार नै कार्बाही हुने जानकारी दिए ।