| 
  • अपराध/दुर्घटना

    माओवादी केन्द्रका नेता बञ्जाडेको सवारी दुर्घटनामा निधन

    बुटवल/सवारी दुर्घटनामा परेर नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए । सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पार्टी कामकै शिलशिलामा उनी दाङबाट…

    Read More
  • मुख्य पृष्ठ

    राजनितिक दलको पदाधिकारीमा नबस्न शिक्षक तथा कर्मचारीलाइ निर्वाचन आयोगको आग्रह

    काठमाण्डौं/निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर आयोगमा दर्ता रहेका राजनीतिक दलबाट दलको प्रदेश तथा जिल्ला समितिमा रहने पदाधिकारी एवं सदस्यको विवरण प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा राख्नुपर्ने भएकोले उक्त…

    Read More
  • अपराध/दुर्घटना

    कात्तिक महिनामा साँढे २ सय मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना: इन्सेक

    काठमाण्डौं/साँढे २ सय व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनाबाट पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । कात्तिक महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना पिडित भएका जनाएको हो । बागमती प्रदेशमा १ सय ३४,…

    Read More
  • चितवन सेरोफेरो

    महाधिवेशन प्रचारको लागि चितवनमा एमालेको मोटरसाइकल र्‍याली

    चितवन/१० औँ राष्ट्रिय महाधिवेशन प्रचार गर्नका लागि आज चितवनको भरतपुरमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले मोटरसाइलक र्‍याली निकालेको छ । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारबाट निस्केको र्‍याली आँपटारी, केन्द्रीय बसपार्क, चौबिसकोठी, पुलचोक हुँदै पुनः नारायणी नदी किनारमै गएर सकिएको थियो । युवा संघ नेपाल चितवनको संयोजनमा र्‍याली गरिएको थियो । युवा संघ चितवनका संयोजक…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय जनगणना २०७८: तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकियो

    काठमाण्डौं/राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । कात्तिक २५ गतेबाट सुरू भएको राष्ट्रिय जनगणना २०७८ को मुल तथ्याङ्क सङ्कलनको काम ३ दिन बाँकी रहदा अब ५ प्रतिशत मात्रै गणना बाँकी रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनभयो । उहाँले गाउँमा घर भएका तर अन्य स्थानमा…

    Read More
  • मुख्य पृष्ठ

    गर्भावस्थाको पहिलो त्रैमासिकपछि सबै गर्भवतिलाई कोरोना खोप लगाउने

    काठमाण्डौं/गर्भावस्थाको पहिलो त्रैमासिक पछि सबै गर्भवतिहरूलाई कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी गर्भवतीहरू कोरोना महामारीको उच्च जोखिममा रहेकाले पहिलो त्रैमासिक पछि नै खोप लगाउन भनेको हो । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमित थपिनेभन्दा निको हुने दर कम रहेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    आज मौसम सामान्यतया सफा रहने

    काठमाण्डौं/आज पहाडी भेगमा घाम लाग्दै बादल लागेपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । अहिले पानी पार्ने वा हिमपात गराउने कुनै प्रणाली सक्रिय नभएकाले ठूलो पानी पर्ने वा भारी हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली…

    Read More
  • चितवन सेरोफेरो

    कांग्रेस १४ औँ महाधिवेशनः चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिहरु

    चितवन/नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ । खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित…

    Read More
  • अपराध/दुर्घटना

    शौचालय जाँदा लडेर वडाध्यक्षको ज्यान गयो

    बुटवल/बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर न्यान गएको छ । आज सोमबार लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ । अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले…

    Read More
  • मुख्य पृष्ठ

    थप ३ सय ८५ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव शून्य तीन प्रतिशत अर्थात् तीन सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा…

    Read More