खाने तेलको मूल्य थप १० रुपैयाँ घट्यो

काठमाण्डौ/खाने तेलको मूल्य थप १० रुपैयाँ घटेको छ । सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगो भएको भन्दै गुनासो आएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो ।

नयाँ मूल्य हिजोदेखि नै लागू भइसकेको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए। अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा पाइने उहाँले बताउनुभयो । बजारमा अहिले सनफ्लावर तेल प्रतिलिटर २ सय ९० रुपियाँ पर्छ । पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ ।