बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौं/हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।