अमेरिकाबाट आएको पार्सलमा गाँजा, तीनजना पक्राउ

काठमाडौं/हुलाकमार्फत अमेरिकाबाट आएको गाँजासहित तीनजना पक्राउ परेका छन् ।

अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल शंकास्पद लागेपछि प्रहरीले खोलेर हेरेको थियो । त्यसक्रममा गाँजा जस्तो वस्तु देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालका अनुसार त्यसक्रममा पार्सल लिन २० भदौमा कार्यालय पुगेका काभ्रेका मनोजकुमार राई पक्राउ परेका थिए । राईलाई नक्सालका अंकितकुमार श्रेष्ठले सामान लिन पठाएको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पार्सल ल्याइदिए ३० हजार रुपैयाँ दिने अफर काठमाडौं–१७, खुसिबुका ३० वर्षीय राहुल क्षेत्रीले गरेका थिए । सोही अनुसार विभिन्न मितिमा तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।