पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौं/देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले अहिले सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।